‘मन्त्री र सचिव मात्रै मिलेर प्रतिवेदन नक्कली बनाए होलान् त ?’ नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डे नै निर्णायक भएर यति ठूलो काण्ड भयो होला र भन्ने अर्थसहित जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सरकारी वकिललाई प्रतिप्रश्न गरे, ‘त्यसभन्दा माथिका यसमा संलग्न छैनन् होला ? तर, किन उनीहरूलाई प्रतिवादी बनाउनुभएन ?’