काठमाडौँ- लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको निष्कर्षसहित जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा दर्ता गरेको कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले बताएका छन्। सरकारी वकिल कार्यालयले प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा दिलमायाको हत्या भएको निष्कर्षसहित हत्या आरोपमा पक्राउ परेका दिलमायाका प्रेमी भनिएका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई जन्म कैदको सजाय माग […]