काठमाडौं । काठमाडौं महानगरपालिकाले दशैं बिदाकाे समयमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ । डेंगु प्रकोप फैलिएका बेला महानगरपालिकाले जनस्वास्थ्य ध्यानमा राखि ५ सय ५८ जना स्वयंसेवकमार्फत सिटामोल र जीवनजल वितरण गर्ने व्यवस्था मिलाएको हो । नजिकको स्वास्थ्य स्वयंसेवकमार्फत स्थानीयले सिटामोल र जीवनजल प्राप्त गर्न सक्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले जानकारी दिनुभयो । […]