काठमाडौंंको शंखरापुर नगरपालिकाले नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा दिन सुरु गरेको छ । आइतबार नगरप्रमुख रमेश नापित र साँखुमा रहेको सुष्मा कोइराला मेमोरियल अस्पतालका निर्देशक डा। सन्तोष बिक्रम भण्डारीबीच निःशुल्क स्वास्थ्य सेवा दिने समझदारी पत्रमा हस्ताक्षर भएको हो । नगरप्रमुख नापितले सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीहरूलाई निःशुल्क तथा विषेश छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर गरेका छन् । सो अस्पतालले दिँदै आएको स्वास्थ्य सेवामध्ये ७ वटामा निःशुल्क र अन्यमा ३०