टोखा नगरपालिकाले क्यूआर कोडसहित कोभिड खोप प्रमाणपत्र उपलब्ध गराउने

टोखा नगरपालिकाले विदेश जाने नागरिकका लागि चाहिने क्यूआर कोड सहितको कोभिड खोप प्रमाणपत्र २४ घण्टाभित्र उपलब्ध गराउने भएको छ । यसअघि स्वास्थ्य सेवा विभागले मात्र विदेश जाने नागरिकलाई क्यूआर कोड उपलब्ध गराउँदै आए पनि अब टोखा नगरपालिकाले उपलब्ध गराउने भएको हो । टोखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले vaccine.mohp.gov.npमा प्रमाणीकरणको लागि आवेदन फारममा गई त्यहाँ माग गरिएको सबै विवरण भरेर क्यूआर कोड लिन सकिने बताए । वेबसाइटमा पासपोर्ट, पासपोर्ट आकारको फोटो, खोप कार्डको फोटो, सोही स्थानमा रहेको कबुलि...