प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त हुने व्यवस्था संविधानको मौलिक हकमै समावेश गरिएको छ । तर, सरकारी स्वास्थ्य संस्थामा आवश्यक सेवा नपाउँदा हरेक वर्ष देशका १.७ प्रतिशत जनसंख्या उपचारकै...
दोलखा (अस) । दोलखाको तामाकोशी गाउँपालिका–४ मालु जामुनेमा १५ करोडको लागतमा १० शय्याको अस्पताल निर्माण गरिने भएको छ । संघीय सरकारको लगानीमा अस्पताल भवन निर्माण गर्न लागिएको हो ।
वडा नम्बर ४ को मालु, जामुनेमा अस्पताल निर्माणका लागि केन्द्र सरकारबाट टेन्डर स्वीकृत भइसकेको र अब चाँडै निर्माण थालनी गरिने तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वरचन्द्र पोखरेलले बताए । अस्पताल निर्माणका लागि वडा नं ४ का स्थानीय बासिन्दाले ९ रोपनी जग्गा दान दिएको जानकारी उनले दिए ।
वडा नं ४ का स्थानीय परशुराम पोखरेल, राजन पोखरेल, पदमबहादुर खत्री, थीर कुमारी पोखरेल र जनार्दन पोखरेलले अस्पताल निर्माणका लागि निःशुल्क जग्गा प्रदान गरेको वडाध्यक्ष होमबहादुर श्रेष्ठले बताए । पालिकाको स्रोतसाधनले भ्याएसम्म नागरिकलाई सुलभ रूपमा स्वास्थ्य सेवा पुर्याइरहेको तामाकोशी गाउँपालिकामा अस्पताल सञ्चालन भएपछि थप सहज हुने गाउँपालिकाका अध्यक्ष पोखरेलको विश्वास छ ।
सात वडा रहेको गाउँपालिकामा अहिले आठओटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । सातओटै वडामा स्वास्थ्य चौकीले सेवा दिइरहेका छन् । यसैगरी स्वास्थ्य चौकीबाट अपायक स्थानमा रहेका स्थानीयका लागि विभिन्न पाँच स्थानमा सामुदायिक स्वास्थ्य इकाइको व्यवस्था गरिएको गाउँपालिकाले बताएको छ । साथै गाउँपालिकाभित्र एक नागरिक आरोग्य केन्द्र पनि सञ्चालनमा रहेको अध्यक्ष पोखरेलले बताए ।
मंसिर २३, काठमाडौं । सरकारले बीमा कार्यक्रममार्फत नागरिकको स्वास्थ्योपचार सुनिश्चित गर्ने लक्ष्य लिएको छ । गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य बीमा कार्यक्रम ल्याइएको र सबै जनतालाई सहभागी गराइने योजना छ ।
उक्त कार्यक्रमअन्तर्गत दाङमा ११ महीनाको अवधिमा करीब १८ हजार जनाले स्वास्थ्य बीमा गराएको छ । गत वर्ष माघ ३० गतेदेखि जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो ।
नागरिकले सूचना नपाउँदा र कोरोना महामारीका कारण स्वास्थ्य बीमा कार्यक्रममा प्रभाव पारेको कार्यालयले जानकारी दिएको छ । अगामी असारसम्म जिल्लाका साढे दुई लाख नागरिकलाई बीमामा आवद्ध गराउने लक्ष्य छ ।
रू. तीन हजार ५०० तिरेर बिमा गरेपछि वर्षभरमा रू. एक लाखसम्म स्वास्थ्योपचार लिन सकिने व्यवस्था छ । ६ जनाभन्दा बढी परिवारका सदस्य भए प्रतिसदस्य रू. ७०० जम्मा गर्दै जाने र रू. दुई लाखसम्मको बीमा रकम सरकारले उपलब्ध गराउने उल्लेख छ ।
द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा
घोराही उपमहानगरपालिका–१७ ले जिल्लामै पहिलोपटक द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बीमा शुरु गरेको छ । वडा कार्यालयले बुधवारदेखि बिमा शुरु गरेको हो । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका अनुसार जनआन्दोलनका घाइते, सहिद र बेपत्तापरिवारका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको हो ।
वडा नं १७ का अध्यक्ष खुशीराम चौधरीले वडा कार्यालयले हरेक वर्ष द्वन्द्वपीडितका लागि विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए । चालू आर्थिक वर्षमा द्वन्द्वपीडितका लागि निःशुल्क स्वास्थ्य बिमाको कार्यक्रम अघि अगाडि बढाइएको उनको भनाइ छ । पहिलो चरणमा ३३ जनाको स्वास्थ्य बीमा गर्न लागिएको छ ।
सरकारको निर्देशन अनुसार ज्येष्ठ नागरिक, क वर्गको अपांगता भएका व्यक्तिको परिवार, एचआइभी एड्स भएका व्यक्तिको परिवार, क्षयरोग भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ । रासस
सामुदायिक स्वास्थ सेवा केन्द्र नागबहाल र ललितपुर महानगरपालिका वडा १६ को संयुक्त आयोजनामा जेष्ठ नागरिक केन्द्रित निःशुल्क आँखा शिविरमा २५८ जनाले स्वास्थ्य सेवा लिनुभएकाे छ ।
यो सँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो।
यो सँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो।
कनकाई / झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् । नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ गतेदेखि यो सेवा सञ्चालन...
The post क्यान्सरपीडितले पाउने भए रु एक लाखसम्मको उपचार सेवा निःशुल्क appeared first on Purbeli News.
झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा विपन्न परिवारका क्यान्सरपीडितले रु एक लाखसम्मको उपचार सेवा निःशुल्क पाउने भएका छन् ।नेपाल सरकार स्वास्थ्य सेवा विभागको विपन्न नागरिक औषधोपचार कोष कार्यक्रमअन्तर्गत अस्पतालले सो सेवा सञ्चालन गरेकोे जनाएको छ । अस्पतालले गत पुस २१ गते नेपाल सरकारसँग गरेको सम्झौताका आधारमा यही माघ १ ...
सुर्खेत – कर्णाली प्रदेश सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा दिने भएको छ ।
आज सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ मा कर्णाली प्रदेश सरकारले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उल्लेख गरेको छ ।
सरकारले ‘मनमोहन ज्येष्ठ नागरिक’ कार्...