सुदूरपश्चिम प्रदेशसभाका पदाधिकारी तथा सांसदले फिर्ता गरेनन् गाडी र ल्यापटप

निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा सदस्यहरुको कार्यावधि असोज १ गते राति १२ बजे नै समाप्त भएको छ । तर सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरु हालसम्म सांसदकै लोगो भिरेर निर्वाचन केन्द्रित गतिविधिमा होमिएका छन् । प्रदेशसभाका पदाधिकारीहरुले सुविधाबापत प्राप्त सरकारी गाडी, ल्यापटप लगायतका यन्त्र, उपकरणहरु हालसम्म फिर्तासमेत गरेका छैनन् ।सुदूरपश्चिम प्रदेशसभाको १० औं अधिवेशनको अन्तिम बैठक भदौ १७ गते बस्यो । प्रदेशसभा अधिवेशन अन्त्य भएपछि सांसदहरु आ–आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन्