काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले ‘देशको अस्मिता समाप्त गर्ने खेल पार्टीमा सुरु भएको हो ?’ भन्दै प्रश्न गरेका छन् ।
रावलले मंगलबार ट्विटमार्फत राष्ट्रिय स्वाधीनताको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा स्पष्टीकरण सोध्नुपर्ने भन्ने कुरा आएको बताएका छन् ।
“जननिर्वाचित सांसदले राष्ट्रिय स्वाधीनता र हितको पक्षमा र बाह्य हस्तक्षेपविरुद्ध बोल्दा कम्युनिस्ट...