जर्मनीको संसद् बुन्डेस्टाखले ओलाफ शोल्जलाई बुधवार चान्सलर पदमा निर्वाचित गरेको छ । यससँगै बहालवाला चान्सलर अंगेला मर्कलको युग समाप्त भएको छ ।
संसद्ले गोप्य मतदान गरेको थियो र कुनै बहस गरिएको थिएन । यसलाई औपचारिकताका रूपमा मात्र लिने गरिन्छ ।
कुल ७०७ भोट खसेकोमा शोल्जको पक्षमा ३९५ भोट परेको थियो ।
शोल्जको गठबन्धनका सबै सांसदले उनलाई भोट दिएनन् । उनीहरू सबैले भोट दिएको भए शोल्जले ४१६ भोट पाउँथे ।
गत सेप्टेम्बर महिनामा भएको आमनिर्वाचनमा शोल्जको सोसल डेमोक्रेट्स पार्टी सबभन्दा ठूलो दल बनेको थिय...