यतिखेर नेपालको आर्थिक तथा वित्तीय स्थिति सन्तोषजनक छैन । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको आर्थिक अवस्थासम्बन्धी प्रतिवेदन नेपालको अर्थतन्त्र ठीक बाटोमा नरहेको प्रमाण हो । विप्रेषण आप्रवाह, शोधनान्तर स्थिति र विनिमय सञ्चितिसम्मको स्थिति सन्तोषजनक छैन । पूँजीगत खर्च खुम्चिएको छ । कोरोना महामारीले दपेट्दा पनि त्यति समस्यामा नपरेको नेपालको आर्थिक अवस्था किन यस्तो अवस्थामा आइपुग्यो त ? जिज्ञासा लिएर हामी अर्थविद् केशव आचार्यको निवास ‘शिखर कटेरी’ पुग्यौं । नेपालको अर्थमन्थन