श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि आज सोमवार पदबाट राजीनामा दिनुभएको छ । गभर्नर अजिथ काब्रालले देशकाे आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको एएफपीले जनाएकाे छ ।
उहाँले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाउनुभएको छ । श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।
देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिँदै गएपछि जिम्मेवार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् । जिम्मेवार पदाधिकारीहरूले नै धमाधम राजीनामा ...