श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि सोमबार पदबाट राजीनामा दिएका छन् । गभर्नर अजिथ काब्रालले मुलुकको आर्थिक सङ्कट आफूले सम्हाल्न नसक्ने अवस्थामा पुगेको भन्दै राजीनामा दिनु परेको उल्लेख गरेका छन् । उनले राष्ट्रपति गोटाबय राजापाक्षे समक्ष राजीनामा दिएको जनाएका छन्। श्रीलङ्कामा यसअघि सबै मन्त्रीहरूले पनि राजीनामा दिएका थिए ।देशमा आर्थिक सङ्कटसँगै राजनीतिक सङ्कट पनि गहिरिदै गएपछि जिम्मेबार पदाधिकारीहरूले धमाधम राजीनामा दिन थालेका छन् । जिम्मेबार पदाधिकारीहरूले नै धमाधम राजीनामा दिन थालेपछ