गण्डकी प्रदेशसभा सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रको लागि योजना छान्न भ्याइनभ्याइ छ । पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद योजना छनोटमा व्यस्त भएका हुन् । प्रदेश सरकारले सांसद लक्षित पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनमा ल्याएपछि प्रत्येक सांसदसँग योजनाको नाम र संख्या माग गरिएको छ ।