बुटवल : लुम्बिनी प्रदेश सरकार कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीको सांसद पद खारेज हुने भएको छ।गत बुधबार सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र टंकप्रसाद मोक्तानको संयुक्त इजलासले रायमाझीको मुद्दा तामेलीमा राखिदिएपछि उनको सांसद पद सहित मन्त्री पद खारेजीमा परेको हो।२०७८ साल वैशाख २० गते तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वमा रहेको सरकारमा भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएसँगै उनलाई पार्टी निर्णयविपरीत मन्त्री बन्न पुगेको भन्दै उनी निर्वाचित भएको जनता