काठमाडौं : सरकारले सांसद विकास कोष कार्यक्रम ब्युँताएको छ। दुई वर्षअगाडि नै खारेज भएको सांसद विकास कोष भनेर चिनिने पूर्वाधार विकास साझेदार कार्यक्रमलाई सरकारले पुनः ब्युँताएको हो। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट प्रस्तुत गर्दै सांसद विकास कोष कार्यक्रमलाई सुचारू गरेका हुन्। उनका अनुसार १६५ निर्वाचन क्षेत्रमा जनप्रतिनिधि मार्फत विकास निर्माणका काम गर्न पाँच करोडको पूर्वाधार विकास कार्यक्रम ल्याइएको हो।एउटा आयोजनामा न्यूनतम् एक करोड विनियोजन