नेपाली राष्ट्रिय राजनीतिमा पछिल्ला दिन एउटा प्रश्नले प्रधानता पायो– संघीय संसद्ले पारित गरेको नागरिकता विधेयक समयसीमाभित्र राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ ? योसँगै अर्को प्रश्न पनि राजनीतिक वृत्तमा प्रश्नकै घेरामा छ, त्यो हो– प्रतिनिधिसभाको कार्यकाल कहिले सकिन्छ ?समानुपातिकको बन्दसूची बुझाउने अघिल्लो दिन अर्थात् असोज १ देखि प्रतिनिधिसभाको कार्यकाल समाप्त हुने राय निर्वाचन आयोगले संसद् सचिवालयलाई दिइसकेको छ । यद्यपि यसमा विभिन्न दलका आ–आफ्नै व्याख्या छन् । संसार परिवर