शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थल बाहिर नाराबाजी

झापा : झापाको शिवसताक्षी नगरपालिकामा मतगणना प्रभावित बनेको छ। निकटतम प्रतिस्पर्धी रहेका राजनीतिक दलका प्रतिनिधिहरूले मतपत्र हराएको भन्दै मतगणना स्थलमा नाराबाजी गरेपछि शिवसताक्षीमा मतगणना स्थगन भएको हो।घटना विवरण अनुसार शिवसताक्षी १ मा ३०८२ मत खसेको थियो। वडा १ को मत परिणाम दिउँसो सार्वजनिक भईसकेको छ। वडा १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङ्गसहित प्यानल नै निर्वाचित भइसकेको छ।निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पनि वितरण गरिएकाे छ। अहिले

सम्बन्धित सामग्री

सहमति भएर पनि मतगणना नगरिएको भन्दै कैलाली ५ मा नाराबाजी

कैलाली । कैलाली प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा मत गणना ढिला भइरहेको भन्दै मतगणना स्थल बाहिर नाराबाजी भएको छ । सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना गर्ने सहमति भएपनि अहिलेसम्म गणना नथालिएको भन्दै नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन् । उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले ढिलाइ […]

पोखरा महानगरपालिका-७ को मत गणना स्थगित

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेको थियो । सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो । विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको […]

एमालेको अवरोधले मोरङको बुढीगंगामा मतगणना रोकियो

मोरङको बुढीगंगा गाउँपालिकामा मतणना रोकिएको छ । बुढीगंगा गाउँपालिका–४ मा एमालेले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । सोमबार ५ बजेदेखि मतगणना रोकिएको छ भने मतगणना स्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।बुढीगंगा गाउँपालिकाको १, ४ र ७ नम्बर वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । १ र ४ मा काँग्रेस र ७ नम्बर वडामा एमालेले जितेको छ । ४ नम्बर वडाको मत परिणामलाई लिएर एमालेले विवाद गरेको हो । आइतबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बुढीगंगा–४ मा नेपाली काँग्

सल्यानको दार्मामा मतगणना रोकियो, पुनः गणना गर्न कांग्रेसको माग

१ जेठ, सल्यान । सल्यानको दार्मा गाउँपालिकामा मत गणना स्थगित भएको छ । वडानम्बर १ र २ को मतगणनामा गडबढ भएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको छ । मतगणना स्थल बाहिर कांग्रेसले नाराबाजी …

सभागृहबाहिर बालेन समर्थकहरुको भिड (तस्बिरहरु)

काठमाडौं- शनिबार राष्ट्रिय सभागृहमा काठमाडौँ महानगरपालिकाको मतगणना चलिरहँदा सभागृहबाहिर बालेन साहको पक्षमा नाराबाजी भएको छ । काठमाडौं महानर पालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार उठेका वालेनको पक्षमा समर्थकहरुले नाराबाजी गरेका हुन् । मतगणना स्थल बाहिर वालेनका समर्थकहरुले ‘आजको आवश्यकताले के भन्छ ? वालेन शाहलाई ले भन्छ’, ‘सागर, वसन्ते, किस्ने, वालेनले हो जित्ने’, ‘वालेन दाइ, हाईहाई, भ्रष्टाचारीलाई बाई […]

विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

३१ वैशाख, काठमाडौं । झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् । तर यसले मतगणनालाई कुनै प्रभाव नपारेको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले अनलाइनखबरलाई बताए । ‘बाहिर नारावाजी भएको छ, भित्र कुनै प्रभाव भएको छैन’ उनले भने, ‘मैले पनि प्रमुख जिल्ला […]

सभागृहबाहिर नाराबाजी- सागर, बसन्ते, किस्ने- बालेनले हो जित्ने!

काठमाडौं- स्वतन्त्रतर्फका उम्मेदवार बालेन शाहले सुरुवाती मतगणनामा अग्रता बनाइरहेका बेला काठमाडौँ महानगरको मतगणना स्थल राष्ट्रिय सभागृहबाहिर उनको पक्षमा नाराबाजी भइरहेको छ। प्रारम्भिक मतगणनाका क्रममा बालेन शाहले आफ्ना प्रतिष्पर्धी उम्मेदवारहरु केशव स्थापित र सिर्जना सिंहलाई पछाडि पारेका छन्। उनका समर्थकहरुले ‘सागर, बसन्ते, क‍िस्ने- बालेनले हो जित्ने’ भन्दै बालेनको पक्षमा नाराबाजी गरेका हुन्। यद्यपि मेयर पदका अर्का […]

स्याङ्जामा मतगणना सुरू हुन सकेन, मतगणना स्थल अगाडि झडप

मतगणना सुरू गर्ने विषयमा सर्वदलीय बैठक नबस्दा स्याङ्जामा मतगणना सुरू हुन सकेको छैन। आफ्नो उम्मेद्वार पद्माकुमारी अर्याल माथि हातपात र दुर्व्यवहार भएको भन्दै स्याङ्जा-२ मा एमालेले मतगणना अगाडि बढाउन अस्वीकार गरेको हो। उसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। नाराबाजी रोक्न प्रहरीले लाठीचार्ज समेत गरेको छ। शिक्षा मन्त्री समेत रहेका गोपालमान श्रेष्ठले बुथ कब्जा गरेको आरोप एमालेले…

वीरगंज वडा नम्बर ३२ मा ७ मतपत्र अधकट्टीसहित भेटियो :: Pahilopost.com

वीरगंज : वीरगंज महानगरपालिकाको मतगणना भइरहँदा वडा नम्बर ३२ को मतपेटिकामा सात वटा मतपत्र अधकट्टीसहित भेटिएको छ। माओवादी केन्द्रले ती मतपत्रलाई बदर गर्नुपर्ने माग राखेको छ। अन्य दलले भने त्यसलाई सदर गर्नुपर्ने बताइरहेका छन्। माओवादीले मतगणना नै रोक्नुपर्ने माग गरिरहेको छ। मतगणना स्थल बाहिर माओवादी कार्यकर्ताहरु नाराबाजी गरिरहेका छन्।

धरानमा तनाव: मतगणना स्थल अगाडि नाराबाजी - Naya Patrika

मतगणनाका क्रममा कर्मचारीले धाधली गरेको भन्दै माओबादी केन्द्रले अहिले मतगणना स्थल धरान सभागृह अगाडि नाराबाजी गरिरहेको छ । केन्द्रले मतदान अधिकृतलाई खारेज निस्कासन गर्नु पर्ने,धाँधली गर्ने कर्मचारीलाई कारबाही गर्नु पर्ने,...पूरा पढ्नुहोस् »