मोरङको बुढीगंगा गाउँपालिकामा मतणना रोकिएको छ । बुढीगंगा गाउँपालिका–४ मा एमालेले पुनः मतगणना हुनुपर्ने माग गरेको छ । सोमबार ५ बजेदेखि मतगणना रोकिएको छ भने मतगणना स्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।बुढीगंगा गाउँपालिकाको १, ४ र ७ नम्बर वडाको अन्तिम मत परिणाम सार्वजानिक भएको छ । १ र ४ मा काँग्रेस र ७ नम्बर वडामा एमालेले जितेको छ । ४ नम्बर वडाको मत परिणामलाई लिएर एमालेले विवाद गरेको हो । आइतबार राति सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार बुढीगंगा–४ मा नेपाली काँग्