विर्तामोडमा मतगणना स्थलबाहिर नाराबाजी

३१ वैशाख, काठमाडौं । झापाको विर्तामोड नगरपालिकास्थित मतगणना स्थल बाहिर तनावको स्थिति सिर्जना भएको छ । जिल्ला निर्वाचन कार्यालयको गाडीमा मतपत्र भेटिएपछि स्थानीयले नारावाजी गरेका हुन् । तर यसले मतगणनालाई कुनै प्रभाव नपारेको निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले अनलाइनखबरलाई बताए । ‘बाहिर नारावाजी भएको छ, भित्र कुनै प्रभाव भएको छैन’ उनले भने, ‘मैले पनि प्रमुख जिल्ला […]

सम्बन्धित सामग्री

इलाम २ मा राेकियो मतगणना, गठबन्धनको नाराबाजी

काठमाडौं : इलाम क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ। अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएपछि सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्। सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् ।एउटा वडाको १९ सय ९२ मत गणना गर्न बाँकी छँदा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।

बारा १ को मतगणना स्थगित

बारा : बारामा क्षेत्र नं. १ को मतगणना रोकिएको छ। मतपेटिका खोल्नुअघि मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भएपछि मतगणना रोकिएको हो।मतपेटिका खोल्ने क्रममा नेपाली कांग्रेसका प्रतिनिधि परिवर्तन भएको र परिवर्तन भएका प्रतिनिधिले मुचुल्कामा हस्ताक्षर गर्न नमानेपछि गणना रोकिएको हो।मुचुल्कामा हस्ताक्षर गर्ने विषयमा विवाद भइरहँदा मतगणनास्थल बाहिर नेपाली कांग्रेसका कार्यकर्ताले नाराबाजी गरिरहेका छन्। कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्न थालेपछि उक्त क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको बारा प्रहरीले ज

कैलाली ५ : मतगणना सुरु गर्न माग गर्दै नाराबाजी

कैलाली क्षेत्र नम्बर ५ मा मतगणनाको माग गर्दै नेकपा एमालेका कार्यकर्ताले मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरेका छन् । यो क्षेत्रमा अहिलेसम्म मतगणना सुरु हुन सकेको छैन । मतगणना सुरु...

मतगणनाको माग गर्दै दोलखामा गठबन्धनको नाराबाजी

मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले नाराबाजी थालेका छन्।...

पोखराको मतगणना स्थलमा एमालेको नाराबाजी

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणनामा विवाद भएको छ । मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले नाराबाजी गरिरहेको छ । गठबन्धनले मत गणनामा धाँधली गर्न खोजेको एमालेले आरोप लगाउँदै एमालेका प्रतिनिधिहरुले नाराबाजी गरिरहेका छन् । गठबन्धनले भने एमालेले हारको मानसिकताले गणनालाई प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

पोखरा महानगरपालिकाको मतगणना स्थलमा विवाद, एमालेका कार्यकर्ताले गरे नाराबाजी

पोखरा : पोखरा महानगरपालिकाको मतगणना भइरहेको बेला एमाले कार्यकर्ताले नाराबाजी गरेका छन्। वडा ७ को मतगणना गर्ने क्रममा एमालेले कार्यकर्ताहरूले नाराबाजी गरेको हुन्। उनीहरूले गठबन्धनको प्रतिनिधि बढी भएको भन्दै मतगणना धाँधली गर्न लागेको आरोप लगाउँदै नाराबाजी गरेका हुन्। जिल्ला समन्वय समितिको हलमा जारी भइरहेको मत गणनास्थलमा नाराबाजी लगाएपछि सुरक्षा दलले…

शिवसताक्षी नगरपालिकामा मतगणना रोकियो, मतगणना स्थल बाहिर नाराबाजी

झापा : झापाको शिवसताक्षी नगरपालिकामा मतगणना प्रभावित बनेको छ। निकटतम प्रतिस्पर्धी रहेका राजनीतिक दलका प्रतिनिधिहरूले मतपत्र हराएको भन्दै मतगणना स्थलमा नाराबाजी गरेपछि शिवसताक्षीमा मतगणना स्थगन भएको हो।घटना विवरण अनुसार शिवसताक्षी १ मा ३०८२ मत खसेको थियो। वडा १ को मत परिणाम दिउँसो सार्वजनिक भईसकेको छ। वडा १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार लक्ष्मीप्रसाद चेम्जोङ्गसहित प्यानल नै निर्वाचित भइसकेको छ।निर्वाचित भएकाहरूलाई निर्वाचन अधिकृतको कार्यालयबाट प्रमाणपत्र पनि वितरण गरिएकाे छ। अहिले

शिवसताक्षीमा निर्वाचन कार्यालयविरुद्ध नाराबाजी

झापाको शिवसताक्षी नगरपालिकामा निर्वाचन कार्यालयविरुद्ध नाराबाजी भएको छ । शिवसताक्षी–१ मा मतदानको दिन खसेको मत र मतगणना गर्दा मतपत्रको संख्या नै फरक भएपछि समस्या उत्पन्न भएको हो ।  वडा नम्बर १...

वीरगञ्ज महानगरको मतगणनास्थल बाहिर एमाले कार्यकर्ताको नाराबाजी

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मतगणनास्थल बाहिर एमालेका कार्यकर्ताले नाराबाजी गरेका छन्। मतगणना भइरहेको स्थान नर्सिङ माविको गेट बाहिर उनीहरुले नाराबाजी गरेका हुन्। मतगणनास्थलभित्र सांसद एवं जनता समाजवादी पार्टीका नेता प्रदीप यादव गएपछि उनलाई बाहिर निकाल्नु पर्ने भन्दै एमालेका कार्यकर्ताहरु मतगणनास्थल बाहिर नाराबाजी गर्दै होहल्ला गरेका थिए। होहल्ला भएपछि प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाएको थियो। लगतै जसपाका […]

बालेन शाहको समर्थनमा नाराबाजी

काठमाडौं, ३१ वैशाख । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन शाहले प्रारम्भिक रूपमा अग्रता लिएका छन् । राष्ट्रियसभा गृहमा भइरहेको मतगणना अनुसार शाहले अन्य उम्मदेवारहरूलाई पछि पार्दै अग्रता लिइरहेका हुन् । शाहले अग्रता लिएपछि उनका समर्थकहरूले नाराबाजी गर्न थालेका छन् । सुरुवाती अग्रता लिइरहेका बेला उनका समर्थकहरूले ‘जित कसको ? बालेनको’ भन्दै नाराबाजी गर्न थालेका हुन् […]