संसद् र सांसदको गरिमा

कानुन निर्माण गर्न, आफ्नो क्षेत्रको प्रतिनिधित्व गर्न र सरकारलाई जवाफदेही बनाउन सांसदको भूमिका महत्वपूर्ण हुन्छ । यत्तिमा मात्र सांसदको भूमिकालाई सीमित गरियो भने लोकतन्त्रको सुन्दर पक्षको अवमूल्यन गरेको ठहर्छ । लोकतन्त्रमा संस्थागत व्यवस्थाको समीक्षा पनि उत्तिकै महत्वपूर्ण हुन्छ, जसको उपयोग संसदीय लोकतन्त्रमा निजामती कर्मचारीलगायत सरोकारवालालाई प्रभावित गर्नका लागि प्रयोग गरिन्छ । सांसद, कर्मचारी र सरोकारवालाको सम्बन्धको आधारमा नै विकास र समृद्धिको ढोका खुल्ने गर्छ ।

सम्बन्धित सामग्री

सांसदको तलब नबढ्ने, कति हुन्छ तलब ?

नयाँ सांसदहरूको तलब नबढ्ने भएको छ । गत ४ मंसिरमा भएको निर्वाचनबाट निर्वाचित २७५ सांसदको तलब नबढ्ने भएको हो । अघिल्लो निर्वाचनबाट निर्वाचित सांसदहरूले पाएको बराबरकै तलब नयाँ सांसदहरूले पाउने संसद् सचिवालयले जनाएको छ ।

नयाँ सांसदको स्वागतको चटारोमा संघीय संसद् सचिवालय

सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार विनोद तामाङ बगैँचा बनाउने काममा व्यस्त थिए । उनी सहित ६ जनाको टोली चाइनिज दुबो लगाउने काममा व्यस्त थिए भने उनकै साथीहरूको अर्को टोली एमाले तथा कांग्रेसको संसदीय दलको कार्यालयमा रङ रोगनको काममा व्यस्त थिए । शुक्रबार संसद् सचिवालय परिसरमा सरसफाइकर्मी, बगैँचाका माली लगायतका कर्मचारी संसद् सचिवालयलाई सफा र आकर्षक बनाउन खटिएका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आउनै लाग्दा संघीय संसद् सच

पाकिस्तानी संसद् विपक्षीविहीन, पीटीआईका १२३ सांसदको राजीनामा स्वीकृत !

इस्लामावाद : पाकिस्तानको संसद् ‘नेशनल असेम्बली’का उपसभामुखले इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफका १२३ सांसदको राजीनामा स्वीकृत गरेका छन्।‘नेशनल असेम्बली’का कार्यवाहक अध्यक्ष कासिम सुरीले आफ्नो पार्टीका १२३ विधायकको राजीनामा स्वीकृत गरेको पीटीआई नेता र पूर्वमन्त्री फारुक हबिबले जानकारी दिएका छन्। यस सम्बन्धमा एक सूचना पनि जारी गरिएको छ। पीटीआई सांसदहरूले राजीनामा स्वीकृत गरेपछि पाकिस्तानमा आम निर्वाचन अपरिहार्य भएको उनले बताए।वास्तवमा पीटीआईका सांसदहरूले राजीनामा

राष्ट्रिय सभाबाट २० सांसदको बिदाइ, निर्वाचित १९ सांसदको सपथग्रहण भोलि

काठमाडौं : राष्ट्रिय सभामा चारवर्षे कार्यकाल पूरा गरेका २० सांसदले आजदेखि बिदा लिँदै छन्। एमालेका आठ, नेकपा माओवादी केन्द्रका चार, एकीकृत समाजवादीका चार, नेपाली कांग्रेसका तीन र राष्ट्रपतिबाट मनोनीत एक गरी २० सांसदको पदावधि सकिन लागेको हो। यसअघिझैं उनीहरुले संसद् भवनबाट औपचारिक बिदा भने पाउनेछैनन्। प्रतिनिधिसभाको विषयलाई लिएर राष्ट्रिय सभामा…

एमाले सांसदको अभिव्यक्तिप्रति सांसद देवकोटाको आपत्ति

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरूले राष्ट्रियसभामा दिएको अभिव्यक्तिप्रति सांसद खिमलाल देवकोटाले आपत्ति जनाएका छन्। एमाले सांसदको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै उनले राष्ट्रियसभाको रेकर्डबाट हटाउन समेत माग गरेका छन्। सांसद देवकोटाले भने, ‘संसद् नियमावलीमा सभामुख र राष्ट्रियसभाका अध्यक्षप्रति अभिव्यक्ति दिन बन्देज लगाएको छ। अधिवेशन सुरु भएदेखि नै अरु सांसदको मुख बन्द भएको छ।’एमालेले कारबाही गरेको १४ सांसदमाथि सभामुखले कारवाही नगरेको भन्दै एमालेले प्

एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु

काठमाण्डाै - एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ । बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ । गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ । विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्राल...

संसद्ले निर्वाचन आयोगलाई पठायो एमाले सांसदको सूची

संसद् सचिवालयले निर्वाचन आयोगलाई एमालेका एक सय ५४ जना सांसदको नाम पठाएको छ । प्रतिनिधिसभाका एक सय २१ र राष्ट्रिय सभाका ३३ सांसदको विवरण सचिवालयले आयोगलाई पठाएको हो । एमाले...

देउवालाई भोट हाल्न संसद् भवन छिरे माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संसद् भवनमा प्रवेश गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन निर्णायक ठानिएका नेता नेपाल संसद् अधिवेशन शुरू हुनुभन्दा करीब १५ मिनेटअघि संसद् भवन बानेश्वर प्रवेश गरेका हुन् । नेपाल पक्षका सांसदको समर्थनविना देउवाले विश्वासको मत पाउन सम्भव छैन । कांग्रेसका ६१, माओवादीका ४९ (छक्कबहादुर लामासहित), जसपाका १९ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरी १ सय ३० सांसदको समर्थन जुटाएका देउवाले एमालेका कम्तिमा ६ सांसदको मत पाएमा संसद्को विश्वास जित्नेछन् । नेता नेपालले...

संसद् अधिवेशनको तयारी तीव्र

काठमाडौं, साउन २ । संसद सचिवालयले संसद् अधिवेशनका लागि तयारीलाई तीव्र बनाएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आइतबारबाट सुरु हुने भएपछि संसद् सचिवालयले आइतबार बिहानसम्ममा सबै तयारी पूरा गर्ने जनाएको छ। संसद्को अधिवेशन आइतबार ४ बजे आह्वान भएको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभामा सत्ता पक्ष र प्रतिपक्षको सिट छुट्याउनेर सबै सांसदको कोरोना परीक्षण गर्ने कार्य […]