माओवादीका चार सांसदको पद खारेजीपछिको प्रश्न- उपनिर्वाचन होला कि 'अर्ली–इलेक्सन' ?

संसदीय इतिहासमा एकैपटक चार प्रत्यक्ष निर्वाचित सांसदको पद खारेज भएपछिको अवस्था पेचिलो बनेको छ ।  संसद्मा दल विभाजन या कुनै एक सांसदमाथि कारवाही भएपनि एकैपटक चार सांसदको पद खारेजी पहिलो पटक भएको हो ।  बिहीवार प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले माओवादी केन्द्रले संसद् सचिवालयमा दर्ता गराएको पत्र पढेर सुनाएपछि माओवादी त्यागेर एमालेतर्फ लागेको टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको पद गुमेको थियो ।  माओवादीका चार सांसदको पद गुमेपछि संसद्को समीकरणमा सामान्य हेरफ...