नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल संसद् भवनमा प्रवेश गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन निर्णायक ठानिएका नेता नेपाल संसद् अधिवेशन शुरू हुनुभन्दा करीब १५ मिनेटअघि संसद् भवन बानेश्वर प्रवेश गरेका हुन् ।
नेपाल पक्षका सांसदको समर्थनविना देउवाले विश्वासको मत पाउन सम्भव छैन ।
कांग्रेसका ६१, माओवादीका ४९ (छक्कबहादुर लामासहित), जसपाका १९ र राष्ट्रिय जनमोर्चाका १ सांसद गरी १ सय ३० सांसदको समर्थन जुटाएका देउवाले एमालेका कम्तिमा ६ सांसदको मत पाएमा संसद्को विश्वास जित्नेछन् ।
नेता नेपालले...