काठमाण्डाै - एमाले सांसदको अवरोधका बीच संसद् बैठक सुरु भएको छ । बैठकमा अहिले एमाले सांसदहरुले नाराबाजी गरिरहेका छन् । नाराबाजीकैबीच संसदमा कार्यसूची अगाडि बढाइएको छ। आजको बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी छ ।
गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ ।
विनियोजन विधेयकमाथि सांसद प्रेम सुवालले मात्रै खर्च कटौतीको प्रस्ताव राखेकाले मन्त्राल...