सिंहदरबार स्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा शुक्रबार विनोद तामाङ बगैँचा बनाउने काममा व्यस्त थिए । उनी सहित ६ जनाको टोली चाइनिज दुबो लगाउने काममा व्यस्त थिए भने उनकै साथीहरूको अर्को टोली एमाले तथा कांग्रेसको संसदीय दलको कार्यालयमा रङ रोगनको काममा व्यस्त थिए । शुक्रबार संसद् सचिवालय परिसरमा सरसफाइकर्मी, बगैँचाका माली लगायतका कर्मचारी संसद् सचिवालयलाई सफा र आकर्षक बनाउन खटिएका थिए । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजा आउनै लाग्दा संघीय संसद् सच