राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र एपीएफबीचको खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् । यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।   

सम्बन्धित सामग्री

राष्ट्रिय महिला फुटबल लिग माघमा

इलाम : राष्ट्रिय महिला लिग फुटबल माघमा शुरु हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) को महिला कमिटीले महिला लिग माघ १५ गते सुरु हुने जनाएको छ।प्रतियोगितामा ३ विभागीयसहित ८ टिमको सहभागिता रहनेछ।लिगमा गत वर्षको विजेता सशस्त्र प्रहरीको एपिएफ, नेपालली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका, धनगढी उपमहानगरपालिका र ललितपुर महानगरपालिकाको सहभागिता रहने छ।धनगढी र ललितपुरले गत कात्तिकमा सम्पन्न उपमेयर कप राष्ट्रिय

महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ । हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।

राष्ट्रिय महिला लिग : चन्द्रपुर र चौदण्डीगढी भिड्दै

काठमाडौं  :  राष्ट्रिय महिला लीग फूटबलमा आज  रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ। चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ। चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ। लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ।

महिला लिगमा चन्द्रपुर र चौदण्डगढी भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे सुरु हुनेछ। खेलमा चौदण्डीगढी प्रतियोगिमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ। त्यस्तै चन्द्रपुर आफ्नो तेस्रो जितको खोजीमा हुनेछ।…

आर्मीको सहज जितमा रश्मीको ह्याट्रिक

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज सम्पन्न खेलमा त्रिभुवन आर्मी फुटबल क्लब चन्द्रपुर नगरपालिका रौतहटमाथि सहज जित निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीले आर्मीले रौतहटमाथि ६-१ गोलअन्तरले जित निकालेको हो। आर्मीको जितमा रश्मी घिसिङले ह्याट्रिक सहित ४ गोल गर्दा बिमला चौधरीले दुई गोल गरिन्। उता चन्द्रपुरका लागि रजनी…

राष्ट्रिय महिला लिग: आर्मीलाई चन्द्रपुरको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका भिड्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी र चन्द्रपुर भिड्ने छन्। ९ खेलबाट २२ अंक जोडेको आर्मी शीर्षस्थानको एपीएफसँग अंकदुरी घटाउने होडमा हुनेछ। शीर्षस्थानमा रहेको एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ। त्यस्तै चन्द्रपुर प्रतियोगितामा तेस्रो जितको…

राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ । यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २  बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ । एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।

राष्ट्रिय महिला लिग: चन्द्रपुर र नेपाल पुलिस भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिगमा आज एक खेल हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका भिड्नेछन्। खेल दिउँसो २ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा ४ खेलबाट ५ अंक जोड्दै चौथो स्थानमा रहेको पुलिस आजको खेलमा जित निकाल्दै दोस्रो स्थानमा उक्लने होडमा हुनेछ। त्यस्तै ४ खेलबाट ३…

राष्ट्रिय महिला लिग फुटबलमा चन्द्रपुर नगरपालिका विजयी

चन्द्रपुर नगरपालिका रौतहटले राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा सोमबार पहिलो जित निकालेको छ । ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालमा भएको खेलमा चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिका उदयपुरलाई ७–१ अन्तरले हराउँदै जारी प्रतियोगितामा पहिलो जित निकालेको हो ।चन्द्रपुरको जितमा सविता राना...

राष्ट्रिय महिला लिग : विराटनगर र वालिङको बराबरी, एपीएफले चन्द्रपुरलाई हरायो

राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा  वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङ बराबरी खेल्दा दिनको पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६-० को फराकिलो अन्तरले हराएको छ