महिला लिगमा वालिङ र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिग फुटबलमा आज वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिका खेल्दै छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो २ बजे हुने खेलमा दुवै टिम जित निकाल्ने दाउमा हुनेछन् । वालिङ ११ खेलमा १४ अंक जोडेर लिगको पाँचौं स्थानमा छ । चन्द्रपुर ९ अंक जोडेर छैठौं स्थानमा रहेको छ । राष्ट्रिय महिला लिग फुटबलको उपाधि एपीएफले जितिसकेको छ । हिजो खेलमा त्रिभुवन आर्मी र पुलिस क्लबले बराबरी खेलेसँगै एपीएफले उपाधि जितेको थियो ।

सम्बन्धित सामग्री

गैंडाटारको बालीमा पल्क्यो जंगली हात्ती

रौतहटको चन्द्रपुर नगरपालिका-३ गैंडाटारको बालीमा जंगली हात्ती पल्किएको छ।

चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका राउत विजयी

३१ वैशाख, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी भएका छन् । उनले २ हजार १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए ।

चन्द्रपुर नगरपालिका १ मा कांग्रेस विजयी

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसले विजयी गरेको छ । उहाँको प्यानलनै विजयी भएको हो । निर्वाचनको मतपरिणाममा वडा नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार बलराम राउतले २ हजार १० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्धन्द्धि नेकपा एकिकृत समाजवादीका उम्मेदबार बिरु रखालले १ हजार १ सय […]

चन्द्रपुर नगरपालिका : एकीकृत समाजवादीले टुङ्ग्यायो मेयर र उपमेयरको नाम

नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाका लागि मेयर र उपमेयरको नाम टुङ्ग्याएको छ । स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।स्थानीय तहको निर्वाचन यही ३० वैशाखमा हुँदैछ ।

चन्द्रपुर नगरपालिका प्रमुखका लागि एमालेबाट ८ जनाको नाम सिफारिस

रौतहटको चन्द्रपुर नगरपालिकाको प्रमुखका लागि नेकपा एमालेले ८ जनाको नाम सिफारिस गरेको छ ।  एमाले चन्द्रपुर नगर कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि ८ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । वैशाख ३ गतेदेखि ६ गतेसम्म बसेको बैठकमा सहमति जुट्न नसकेपछि ८ जनाको नाम माथिल्लो कमिटीमा पठाइएको हो । नगरपालिका प्रमुखका लागि राजु धामी, शिवप्रसाद आचार्य, प्रमोद चौधरी, सुनिल तिमल्सिना, शारदा हुमागाईं, कोपिला तिमल्सिना, नौतम पोखरेल र ऋश्वेश्वर दाहालको नाम माथिल्लो कमिटीमा सिफारिस गर

ट्यक्टरबाट खस्दा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–३, प्रणामी टोलमा गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ ।

राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका र एपीएफबीचको खेल हुँदै

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा आज चन्द्रपुर नगरपालिका रौतहट र एपीएफ क्लब खेल्दै छन् । यी दुई समूहबीचको खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । लिगमा एपीएफ १८ अंकसहित शीर्ष स्थानमा रहेको छ । यसअघि हिजो भएको खेलमा त्रिभुवन आर्मीले स्याङजाको वालिङ नगरपालिका र नेपाल पुलिस क्लबले मोरङको विराटनगर महानगरपालिकालाई हराएको थियो ।

चन्द्रपुर नगरपालिका रौतहटमा एमालेले कांग्रेसलाई उछिन्यो

चन्द्रपुर नगरपालिका रौतहटमा एमालेले कांग्रेसलाई उछिनेको छ । पछिल्लो मत परिणामअनुरसार एमालेले ३३६२ मत पाएको छ भने कांग्रेस १० मतले पछि परेको छ । उसले ३३५२ मत पाएको छ । माओवादीले भने २५५५ मत प्राप्त गरेको छ ।