राष्ट्रिय महिला लिग : चन्द्रपुर र चौदण्डीगढी भिड्दै

काठमाडौं  :  राष्ट्रिय महिला लीग फूटबलमा आज  रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ। चन्द्रपुर १० खेलमा ६ अंकसहित छैठौं स्थानमा रहेको छ। चौदण्डीगढी आज पहिलो जितको खोजीमा हुनेछ। लगातार १० खेलमा हार व्यहोरेको चौदण्डी अंकविहीन रहँदै तालिकाको पुछारमा छ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो २ बजे शुरु हुनेछ।

सम्बन्धित सामग्री

महिला लिगमा चाैदण्डीगढी जितविहीन

काठमाण्डाै – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लबले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा शुक्रवार भएको खेलमा पुलिसले चौदण्डीगढी नगरपालिकालाई दश–शून्यले हराएको हो । पुलिसको जितमा निरु थापाले चार गोल गरिन् । यस्तै निर्मला विकले तीन, सुनकला राई र अमृता जैशीले एक/एक गोल गरे । पुलिसले एक गोल आत्मघाती उपहार पाएको थियो । यो जितसँगै पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । पुलिसले १२ खेलमा १८ अङ्क जोडेको छ । चौदण्डीगढी लिगमा जितविहीन भयो । उस...

चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हरायो

महिला लिगरौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिल कुमारी रानाले एक÷एक गोल गरे । जारी लिगमा कमजोर मानिएको चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन ।प्रतिस्पर्धात्मक बनेको खेलमा रजनी […]

महिला लिग फुटबल : चन्द्रपुरले चौदण्डगढीलाई २-१ले हरायो

रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ

महिला लिगमा चन्द्रपुर र चौदण्डगढी भिड्दै

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज हुने खेलमा चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिका भिड्दै छन्। खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो २ बजे सुरु हुनेछ। खेलमा चौदण्डीगढी प्रतियोगिमा आफ्नो पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा १० खेल खेलेको चौदण्डीगढीले सबै खेलमा पराजय ब्यहोरेको छ। त्यस्तै चन्द्रपुर आफ्नो तेस्रो जितको खोजीमा हुनेछ।…

राष्ट्रिय महिला लिग : त्रिभुवन आर्मी क्लब र चन्द्रपुर नगरपालिका खेल्दै

काठमाण्डाै - राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिकाबीचको खेल हुँदैछ । यी दुई समूहबीचको खेल एन्फा कम्प्लेक्समा दिउँसो २  बजेदेखि सुरु हुनेछ । यसअघि हिजो भएको खेलमा विराटनगर महानगरपालिकाले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई २–१ गोलले हराएको छ । यस्तै सशस्त्र प्रहरीको एपीएफ क्लबले वालिङ नगरपालिकालाई ६–० गोलले पराजित गरेको छ । एपीएफको लागि सावित्रा भण्डारीले मात्रै पाँच गोल गरेकी थिइन् । एपीएफले अहिलेसम्मका सबै खेल जित्दै २७ अङ्क बनाएर शीर्ष स्थानमा रहेको छ ।

राष्ट्रिय महिला लिग : नवौं खेलमा पनि चौदण्डीगढी पराजित

२९ माघ, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा लगातार नवौं हार व्यहोरेको छ । ७ टिम सम्मिलित लिगमा चौदण्डीगढी अहिलेसम्म जितविहीन छ । बिहीबार चौदण्डीगढी स्याङ्जाको वालिङ नगरपालिकासँग ७-१ ले पराजित भयो । वालिङका …

एउटै खेलमा सावित्राको ८ गोल, एपिएफसँग चौदण्डीगढी १४–० हार्यो

सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २

चौदण्डीगढीसँग एपीएफ २२-० ले विजयी, सावित्रा एक्लैले गरिन् १२ गोल

साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा सोमबार उदयपुरको टोली चौदण्डीगढी नगरपालिकामाथि फराकिलो जित निकालेको छ

महिला लिग: एपीएफलाई वालिङको चुनौती

काठमाडौं: राष्ट्रिय महिला लिग अन्तर्गत आज दुई खेल हुँदैछन्। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा चौदण्डीगढी नगरपालिका र बिराटनगर महानगरपालिका भिड्ने छन्। पहिलो खेल साढे ११ बजे सुरु हुनेछ। त्यस्तै आज हुने दोस्रो खेलमा शसस्त्र प्रहरीको एपीएफ र वालिङ नगरपालिका भिड्ने छन्। प्रतियोगितामा उत्कृष्ट लयमा रहेको एपीएफ तालिकाको शीर्षस्थानमा…

महिला लिग फुटबल : सविताको ह्याट्रिकमा चन्द्रपुरको पहिलो जित

१२ माघ, काठमाडौं । सविता राना मगरको ह्याट्रिक मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित हात पारेको छ । लिग अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७-१ गोलले पराजित गर्दै पहिलो जित हात पारेको हो । खेलमा एक गोलले पछि परेपनि चन्द्रपुरले गोलको वर्षा गरेको थियो । […]