सुनकोशी-मरिन डाइभर्सनको सुरूङ खन्न सुरु, आयोजनाबाट कुन कुन क्षेत्र पर्छ डुबानमा ?

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सनको सुरूङ खन्न थालिएको छ ।  अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरेर सुरुङ खन्न थालिएको हो।  उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषालको उपस्थितिमा सुरुङ खन्न थालिएको हो । उनले सुरुङ खन्ने कार्यको अनुगमन तथा निरीक्षण पनि गरेकी हुन्। उक्त डाइभर्सनबाट प्रदेश २ का जिल्लामा एक लाख ८५ हजार बिगाहा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । साथै डाइभर्सनको पहिलो बिन्दुबाट ३१ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य सरकारकाले लिएको छ। कस्तो हो आयोजना ?सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्बन्धी प्रस्तावको प्रवद्र्धक जलस्रोत तथा सिंचाइ बिभाग हो । यस आयोजनाको मूख्य उद्देश्य सुनकोशी नदीको पानी फर्काएर मरिन खोलामा झारी बागमती नदीको बागमती सिंचाई मार्फत प्रदेश नं.२ को बारा, रौतहट, धनुषा, महोतरी र सर्लाही गरी ५ जिल्लाहरुको १२२,००० हेक्टरमा सिंचाई सुविधा पु¥याउने रहेको छ । यसको लागि सुनकोशी गाँउपालिका वडा नं ६ को सुनकोशी नदीमा १२ मि. उचाईको बाँध बाँधि ६७ क्युविक मिटर प्रति सेकेण्ड पानी १३.१ कि. मि. लामो सुरुङ्गको माध्यमबाट कमलामाई नगरपालिका बडा नं २, कुसुमटारस्थित मरिन खोलामा खसाली २८.६२ मेगाबाट जलविद्युत उत्पादन गर्ने प्रस्ताव रहेको छ । सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रदेश नं ३ अन्तर्गत नेपालको सिन्धुली जिल्ला र रामेछाप जिल्लामा अवस्थित छ । यस आयोजनाको लक्ष्य सुनकोशी नदीको पानी बागमती नदीको एउटा सहायक मरिन नदीमा फर्काउनु (डाइभर्ट गर्नु) हो । यसरी डाइभर्ट गरिएको पानीबाट २८.६२ मेगावाट विद्युत उत्पादन गर्ने र विद्यमान बागमती सिंचाई नहरको क्षमता बढाउने उद्देश्य हो । प्रस्तावित बहुउद्देश्यीय आयोजनामा विभिन्न संरचनागत पूर्वाधारहरु रहने छन् । यस आयोजना अन्तर्गत सुनकोशी गाँउपालिका वडा नं. ६, खाँडादेबी गाँउपालिका वडा नं. ४ र मन्थली नगरपालिका वडा नं. ६ क्षेत्रभित्र समुन्द्री सतह देखि ४७६ मिटरमा ३१२ हेक्टर जमिन एक जलाशय पोखरी बन्नेछ । यसको बाँध तथा सेडिमेन्ट पोखरी सुनकोशी गाँउपालिका वडा नं. ७ मा रहनेछ । यस आयोजनाको हेडरेस सुरुङ टिबिएमले निर्माण गर्ने भनि प्रस्ताव गरिएको छ । यस आयोजनाको अन्य संरचनाहरु, सर्ज टैंक, पेनस्टक, विद्युतगृह र स्वीचयार्ड कमला माई न.पा. वडा नं २ मा पर्दछन् । यस आयोजना क्षेत्र भित्र बी.पी. राजमार्गको करिब ०.४७५ कि.मि पर्दछ । त्यस्तै प्रवेशमार्ग, डिस्यान्डर लगायत अन्य संरचनाहरु व्यवस्थापन गर्नका लागि बीपी राजमार्गको थप ४२५ मिटर प्रयोग आउने छ । उत्पादित जलविद्युत ३७.२ डवल सर्किट प्रसारण लाइन मार्फत राष्ट्रिय ग्रीड अन्र्तगत ढल्केवर उपकेन्द्र (सव–स्टेशन) मा जोडिनेछ ।यस आयोजनाको लागि कूल ३४५.६ हेक्टर जमिन आवश्यक पर्दछ जसमध्ये ३३९.२० हेक्टर स्थायी र ६.३९ हेक्टर अस्थायीरुपमा आवश्यक पर्दछ । स्थायी रुपमा प्रयोग हुने जमिनमध्ये ६९.४६ हेक्टर जग्गाधनी प्रमाण पुर्जा भएको निजि जमिन र १८.३७ हेक्टर जग्गाधनि प्रमाण पुर्जा नभएको जमिन प्रयोग हुनेछ । बाँकी २५१.३४ हेक्टर सरकारी जग्गा प्रयोग हुनेछ । जसमध्ये वन क्षेत्र ४.४८ हेक्टर, सामुदायिक बन २.१ हेक्टर, नदीले ओगटेको ५०.३७ हेक्टर र नदीको बगर १८२.६३ हेक्टर पर्दछ । आयोजनाको लागि चाहिने अस्थायी जमिनमध्ये २.०४ हेक्टर बाढी पसि नदिले बनाएको समथर जमिन र ४.३५ हेक्टर जग्गाधनी प्रमाण पुर्जा विनाको उर्बर जमिन रहेको छ ।यस आयोजना निर्माण सम्पन्न हुन करिब ६० महिना लाग्नेछ । प्रारम्भिक कार्यहरु जस्तै आयोजनाको टेण्डर प्रक्रिया, जग्गा प्राप्ति, क्याम्प निर्माण सुबिधा र आवश्यक प्रारम्भिक पूर्वाधार निर्माणको कार्य पहिलो बर्षमा गरिने छ । ठेक्का संझौता भएको मितिले ४ वर्ष भित्र आयोजनाको मुख्य संरचनाहरुको निर्माण कार्य सम्पन्न हुनेछ । वातावरणीय प्रभाव मुल्यांकनमा  यस आयोजनाको लागत खर्च २०१९ को बजार भाउ अनुसार अनुमान गरिएको छ । २८.६२ मेगावाट जलविद्युत उत्पादनका लागि ने.रु ४६,१९३,९६५,३२१.०० (४६ अरब १९ करोड) लाग्नेछ जस अनुसार र प्रति मेगावाट मुल्य रु १,६१४,०४४,९१० (१ अरब ६१ करोड) लाग्दछ जुन एकदमै महंगो छ । तर प्रारम्भिक अध्ययनले सिंचाई कार्यबाट आयोजना लागतको करिब १७.०५ प्रतिशत फाइदा लिन सकिने देखाएकोछ । जलविद्युत उत्पादन सम्बन्धी कार्यलाई बहुउद्देश्यीय आयोजनाको सह–उत्पादनको रुपमा लिइएको छ ।हाल आयोजनाको अनुमानित कूल लागत ८२ अर्ब रूपैयाँ छ । त्यसमा विद्युत् र सिँचाइको फरक–फरक लागत रहनेछ । विद्युत् गृह, सुरुङ निर्माण लगायतमा ५२ अर्ब ८८ करोड र सिँचाइतर्फ ३२ अर्ब लागत रहने अनुमान गरिएको छ ।सुनकोशी नदीमा सुनकोशी १, सुनकोशी २ र सुनकोशी ३ गरी तीनवटा उच्च बाँधका आयोजनाहरुको परिकल्पना गरिएको छ । यी आयोजनाहरु बााहेक सप्तकोशी उच्च बाँध जुन बराहक्षेत्रदेखि १.६ कि.मी. माथि रहनेछ । सुनकोशी १ र सुनकोशी २ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध भन्दा तल रहनेछ र सुनकोशी ३ बाँध भन्दामाथी रहनेछ । सुनकोशी मरिन डाइभर्सन बहुउदेश्यीय आयोजनाका कारण सुनकोशी १ र सुनकोशी ३ लाई कुनै असर पार्ने छैन । तर सुनकोशी २ को उच्च बाँधलाई असर पार्नेछ । हाल विद्युत विकास विभागले सुनकोशी २ को सम्भाव्यता अध्ययन गरिरहेको छ । नेपाल सरकारले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरेको छ र जतिसक्दो छिटो यस आयोजनालाई कार्यान्वयनमा ल्याउने कोशिस गरेको छ ।के के पर्छ डुबानमा ? आयोजनाबाट भौतिक वातावरणमा पर्ने प्रमुख प्रभाव ३१२ हेक्टर क्षेत्रको डुबान क्षेत्र हो । यस डुबान क्षेत्रमा २४ वटा घर , १९ वटा टहरा, ३ वटा पानि तान्ने घर, ४२२ मि. बी.पी. राजमार्ग, १.५८ कि.मि. स्थानिय सडक, १५ वटा ट्युववेल, दुईटा सानो सोलार प्यानेल, खाडाँदेवि गाउँपालिकाको बृहत खानेपानी आयोजनाको ट्युववेल, विद्युतगृह तथा सोलार प्यानेल, १६०० मि. विद्युत प्रसारण लाईन र १६ वटा पोलहरु,  करिब ७९४ मि. लामो सिंचाई कुलो, र  २ वटा झोलुङ्गे पुलहरु डुबानमा पर्ने छ । त्यस्तै आयोजनाबाट १ किलोमिटर खुर्कोट-मन्थली राजमार्ग पनि प्रभावित हुने छ। 

सम्बन्धित सामग्री

कागबेनी डुबानमा (फोटोफिचर)

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो । कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ ।  बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक […]

भक्तपुर डुबानमा (तस्बीरहरू)

गएरातिदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन्।

राजापुरका आठ सय घर डुबानमा

अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन्। सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर...

गैडाकोटका सय घर डुबानमा

भवन नै डुबानमा परेपछि पठनपाठन बन्द भएका छन्। जनक माविको भुइँतला पूरा डुबानमा परेपछि कम्युटर तथा कागजातमा क्षति पुगेको छ।...

रुपन्देहीको फाइवर फ्याक्ट्री  डुबानमा

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित एक फ्याक्ट्रीमा  डुबानमा परेको छ । प्रहरीका अनुसार  तिलोत्तमा–२ , देवकोटा पथमा रहेको  सापकोटा फाइवर फ्याक्ट्री   डुबानमा  परेको हो । उक्त फ्याक्टरी  डुबानमा  पर्दा  करिव ३५ लाख बराबरको क्षति भएको  फ्याक्ट्रीमा मालिकले दाबी गरेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी नवरत्न पौड्यालले जानकारी दिए ।

राजधानीकै बस्ती डुबानमा

आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदा वर्षाको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ। यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्री बस्ती नै डुबानमा पर्ने गरेको छ।  शुक्रबार राति परेको वर्षाले उपत्यकाका भित्री बस्तीहरू डुबानमा परे। मैतीदेवी, बसुन्धारा, नयाँबजार, अनामनगर, बौद्धलगायत क्षेत्र डुबानमा परेका हुन्। मूलपानी मनोहरा खोलाछेउका बस्ती पनि डुबानमा परेका थिए। नागरिक दैनिकमा खबर छ ।

कृष्णनगर बजार डुबानमा

कपिलवस्तु, असार २७ । केही दिनको लगातार वर्षाका कारण कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाको अधिकांश क्षेत्रका साथै कृष्णनगर– २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोडलगायत बजार क्षेत्र डुबानमा परेको हो । पानी निकासका लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको नगरपालिकाले जनाएको छ । ढल निकास निर्माणका लागि आर्थिक […]

बनेपाको पुल बजार डुबानमा

काठमाडौं, असार २५ । अविरल बर्षाका कारण काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । पुल बजार क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ । पुल बजार क्षेत्र डुबानमा पर्दा यहाँ रहेका घर तथा पसलहरु डुबेका छन् भने स्थानीयको जनजीवन अस्तब्यस्त बनेको छ । सो क्षेत्रमा गुडेका र पार्किङमा राखिएका गाडीहरु डुबानमा परेका छन् […]

डुबानमा परेकाहरूको उद्धार

डुबानमा परेका मोरङ सिजुवा गाउँका २० घरपरिवारलाई उद्धार गरिएको छ ।  रतुवामाई नगरपालिका-७, राजावासास्थित रतुवामाई खोलामा पानीको बहाव बढेर बाँध फुटेपछि सिजुवा गाउँ डुबानमा परेको छ ।  सो गाउँका घरपरिवार डुबान परेको भन्ने खबर पाएपछि  सशस्त्र प्रहरीको सुरक्षा बेस सौठाबाट उद्धार टोली खटिएको थियो ।  यस्तै झापाको झापा गाउँपालिका-१ मिलन वस्तीका डुबानमा परेका करीब ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ ।

नवलपुरका एक सय बढी घर डुबानमा

नवलपुर । हिजो रातिबाट आएको अविरल वर्षाका कारण नवलपुरका विभिन्न स्थान डुबानमा परेका छन् । नवलपुरको देवचुलि नगरपालिका वडा नम्बर २ र ४ का एक सय बढी घर डुबानमा परेका छन् । नवलपुरको कावासोति, गैडाकोट,मध्यविन्दु लगायत क्षेत्रमा वर्षाका कारण बजार र घरहरु डुबानमा परेका हुन् ।