डुबानमा परेकाहरूको उद्धार

डुबानमा परेका मोरङ सिजुवा गाउँका २० घरपरिवारलाई उद्धार गरिएको छ ।  रतुवामाई नगरपालिका-७, राजावासास्थित रतुवामाई खोलामा पानीको बहाव बढेर बाँध फुटेपछि सिजुवा गाउँ डुबानमा परेको छ ।  सो गाउँका घरपरिवार डुबान परेको भन्ने खबर पाएपछि  सशस्त्र प्रहरीको सुरक्षा बेस सौठाबाट उद्धार टोली खटिएको थियो ।  यस्तै झापाको झापा गाउँपालिका-१ मिलन वस्तीका डुबानमा परेका करीब ८५ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सम्बन्धित सामग्री

डुबानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

नेपालगंज : अविरल वर्षाका कारण डुबानमा परेका बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका-२० गायत्रीनगरस्थित सुकुम्बासी बस्तीका बासिन्दालाई सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा सारेको छ।भाद्र ८ गते विहान बस्ती डुबानमा परेर मानिसहरु बाहिर निस्कन नसकेको खबर प्राप्त भएपछि सुरक्षा बेस राँझाबाट उद्धार सामग्रीसहित सशस्त्र प्रहरीको टोली खटिएको थियो।उद्धार टोलीले सो स्थानका ४ घरपरिवारका व्यक्तिहरुलाई उद्धार गरी सुरक्षित स्थानमा सार्नुका साथै घरका सरसामानहरु

सयौँ घर डुबानमा : सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

राजापुर : अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन्।सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धार भइरहेको स्थानीयले बताएका छन्।कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने थाहा

कञ्चनपुरको वनहरा शिविर डुबानमा परेपछि उद्धार

कञ्चनपुर, असोज १ । शुक्रबारदेखि भइरहेको लगातारको वर्षाले कञ्चनपुरको वनहरा शिविर डुबानमा परेको छ । यहाँको पूर्व–पश्चिम राजमार्गको वनहरा पुल छेउमा टहरा बनाएर बसेको बस्ती आज बिहानैदेखि डुबानमा परेपछि सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् । शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने उक्त शिविरका ३० भन्दा बढी घर डुबानमा परेकाले त्यहाँ रहेका महिला, बालबालिकासहित ५० […]

डुबानमा  परेकालाई मधेस प्रदेश सरकारकाे उद्धार सहयोग

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसाधन र बाढी तथा डुबानमा  परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरू सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी  कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाईकलसहितका सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरूको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र […]

डुबानमा परेकालाई उद्धार गर्न प्रदेश प्रहरीलाई सवारी साधनसहितका सामग्री प्रदान

मधेश प्रदेश सरकारले प्रदेश प्रहरीलाई सवारीसाधन र बाढी तथा डुबानमा  परेकालाई उद्धार गर्न विभिन्न सामग्रीहरु सहयोग गरेको छ । प्रदेशका गृह तथा सञ्चार मन्त्रालयले शुक्रवार बिहान मधेश प्रदेश प्रहरी  कार्यालयलाई ९ वटा भ्यान, २९ वटा मोटरसाइकलसहितका सामग्री हस्तान्तरण गरेको छ । त्यसैगरी बाढी डुबानमा परेकाहरुको उद्धारका लागि मोटर बोट र जेनरल बोट, टेन्ट र त्रिपालसहितका सामग्री प्रदान गरिएको छ  । प्रदेशका  गृह तथा सञ्चारमन्त्री भारत साहले मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी मकसुद आल

डुबानमा परेका स्थानीयलाई सेना र प्रहरी टोलीकाे उद्धार

अविरल वर्षासँगै मंगलबार साँझ आएको बाढीले इटहरी वडा नं. २ तरहराको पानीपिया क्षेत्र डुबानमा परेपछि स्थानीयलाई सेना र प्रहरीको टोलीले उद्धार गरेको छ। बाढीले पानीपियाको ६ घरका १५ जनालाई उद्धार गरि सुरक्षित स्थानमा राखेको छ।...

काठमाण्डौमा चार सय घर डुबानमा, भक्तपुरबाट बङ्गुर र हाँसको समेत उद्धार

काठमाण्डाै - काठमाण्डौ उपत्यकामा बिहानपख परेको ठूलो पानीका कारण चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ । भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेका हुन् । यस्तै काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा ...

वर्षापछि काठमाडौंमा ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताए। बागमतीमा यो बर्ष […]

भीषण वर्षाका कारण आएको बाढीले काठमाडौंका ३८२ घर डुबानमा, १३८ जनाको उद्धार

काठमाडौं : आइतवार मध्यराति आएको वर्षाका कारण राजधानीका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वाग्मतीलगायत विभिन्न नदीमा पानीको बहाव बढेसँगै केही क्षेत्र डुबानमा परेका छन्। बाढीका कारण काठमाडौँमामात्रै ३८२ घरधुरी डुबानमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशील सिंह राठौरले बताए। उनका अनुसार बाढीमा परेका १३८ जनाको उद्धार भएको छ। मूलपानी,…

डुबानमा परेका १०४ को उद्धार

दोदा नदीको बाढीबाट डुबानमा परेका कञ्चनपुरको पुर्नवास नगरपालिका–५ सिमरीका परिवारलाई सशस्त्र प्रहरीले आज उद्धार गरी सुरक्षित स्थानमा राखेको छ । सशस्त्र प्रहरी बल शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका अनुसार डुबानमा परेका १०४ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।     सशस्त्र प्रहरी, नेपाल प्रहरीका जवानसँगै नेपाल रेडक्रसका स्वयंसेवकहरूले डुबानमा परेका परिवारलाई उद्धार गर्नमा सघाएका छन् । चुरे क्षेत्रमा भएको अविरल वर्षाका कारण दोदा नदीमा बाढी आउँदा गएराति पानी बस्तीमा पसेपछि सि...