अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिव ८ सय घर डुबानमा परेका छन्। सोमबार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँहरु डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर...
पछिल्लो साता लगातार भएको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढी बस्तीमा पुगेकाले राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका– एक हजार चार सय घर डुबानमा परेर अधिकांश बासिन्दा विस्थापित भएका छन् ।विस्थापित र अति पीडितको सुविधाका लागि सात ठाउँमा खानाको मेस चलाएर खाना खुवाइरहेको राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए । बाढी पीडित क्षेत्रमा यसवर्ष पनि धानबाली क्षति भएको छ । गतवर्ष धान काट्दै गर्दा बाढी आएर बगाएको थियो भने यसवर्ष पनि पाकेको धानबाली ढाल
दाङ – दाङको राप्ती र सहायक नदी तथा बबई खोलामा आएको बाढीले दाङमा झन्डै तीन हजार वटा घर डुबानमा परेका छन् । जिल्ला आपत्कालीन सञ्चालन केन्द्र दाङका अनुसार राप्ती नदी, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा दुई हजार नाै सय ५२ घर डुबानमा परेका हुन् । घर डुबानमा परेपछि विस्थापित भएका आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
यस्तै तीन दिनदेखि लगातार पानी पर्दा दुई सय तीन घर पूर्णरूपमा भत्किएका छन् । झन्डै एक सय जनालाई उद्धार गरेर सुरक्षित ठाउँमा सारिएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, स्थानीयव...
अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् । बुधबार रातिदेखि परेको अविरल वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी...
अविरल वर्षा आएको बाढीले कञ्चनपुरमा २ सय ५० बढी घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार जिल्लाको कृष्णपुर नगरपालिकाका ७०, लालझाडी गाउँपालिकाका १५०, शुक्लाफाँटा नगरपालिकाका ३० र बेलौरी नगरपालिकाको ८ घर डुबानमा परेको छ ।यसैबीच बाढीले एक झोलुङ्गे पुल बगाएको छ । जिल्लाको शुक्लाफाँटा १२ तिल्की र देखतभुली जोड्ने बनहरा नदीमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको प्रहरी नायव उपरीक्षक शाहले जनाए । पुल बगाएपछि आवातजावत बन्द भएको छ ।बनहरा नदीमा जलस्
कञ्चनपुर : कञ्चनपुरमा आएको बाढीले ३ सय बढी घर डुबानमा परेका छन्। मोहना, दोदा, बनहरा नदीमा आएको बाढीले ३ सय बढी घर डुबानमा परेका हुन्।बाढीले शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकामा डुबान भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहीले बताए।0उनका अनुसार शुक्लाफाँटा–११ बनहरा शिविरमा २५ घर, वडा नं. १२ दुवाहामा ४ घर, कृष्णपुर नगरपालिका–५ पवित्रा बस्तीमा ६०/७० घर, वडा नं. ४ मा ७०/८० घर, बेलौरी-५ मा ३ घर र लालझाडी-३ मा १००/१५० घर डुबानमा परेका छन्
३ कात्तिक, सप्तरी । अविरल वर्षाका कारण आएको बाढीले सप्तरीमा डेढ सय घर डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका, हनुमानगर कंकालिनी र राजविराज नगरपालिका क्षेत्र डुबानमा परेको हो । सो क्षेत्रमा रहेका नदी तथा खोलामा आएको बाढी वस्तीमा पसेको हो । तिलाठी कोइलाडी गाउँपालिका-५ स्थित बर्साइनमा जिता नदीको बाढीले बाँध भत्काउँदा ५० घरमा पानी […]
काठमाण्डाै - काठमाण्डौ उपत्यकामा बिहानपख परेको ठूलो पानीका कारण चार सय घर डुबानमा परेका छन् । तीन सय जनाको उद्धार गरिएको छ । भक्तपुरबाट ५ सय ९० वटा बङ्गुर र २ हजार ३ सय वटा हाँसको समेत उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ ।
रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् । काठमाण्डौमा ३ सय ८५, भक्तपुरमा १२ र ललितपुरमा चार वटा घर डुबानमा परेका हुन् । यस्तै काठमाण्डौबाट २ सय ३२, भक्तपुरबाट ५४ र ललितपुरबाट १५ जनाको उद्धार गरिएको छ ।
प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा ...
काठमाण्डाै - काठमाण्डौ उपत्यकामा रातिदेखिको ठूलो वर्षाका कारण खोला आसपास र होचा ठाउँका बस्ती डुबानमा परेका छन् ।
३ सय ८२ वटा घर डुबानमा परेका र १ सय ५८ जनाको उद्धार गरिएको काठमाण्डौ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाण्डौका मूलपानी, मनोहरा बस्ती, कालीमाटी र बल्खु तरकारी बजार, बालाजुको नेपालटार, शङ्खमूल पार्क, कुलेश्वर हाउजिङ, कोटेश्वरको नरेफाँट लगायतका बस्ती डुबानमा परेका छन् ।
वाग्मती, विष्णुमती लगायतका नदी खोला आसपासका धेरै सुकुम्बासी बस्ती डुबानमा परेको प्रहरीले जनाएको छ । सडकका धेरै ठाउँ पनि ...
१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ । निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध […]
नवलपुर । हिजो रातिबाट आएको अविरल वर्षाका कारण नवलपुरका विभिन्न स्थान डुबानमा परेका छन् । नवलपुरको देवचुलि नगरपालिका वडा नम्बर २ र ४ का एक सय बढी घर डुबानमा परेका छन् । नवलपुरको कावासोति, गैडाकोट,मध्यविन्दु लगायत क्षेत्रमा वर्षाका कारण बजार र घरहरु डुबानमा परेका हुन् ।