साउन १८, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको सवा एक घण्टाको अवधिमा युनिभर्सल पावरको सर्वाधिक शेयर खरीदविक्री भएको छ ।
उक्त अवधिमा कम्पनीको रू. १९ करोड ६ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४९५ पुगेको हो । कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो ।