सरकारले लकडाउन गर्नुपूर्व नागरिकलाई आफ्नो घर जानका लागि दुई दिनको समय दिने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं बाहिर जानेहरूलाई कम्तीमा दुई दिनको समय दिइने बताए । दुई दिनसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लागु नहुने बताउँदै पराजुलीले भने, ‘एक हप्ता केही क्षेत्रलाई बन्द गराउने हो कि भनेर हामीले प्रस्ताव गरेका छौं । आम नागरिकलाई पनि असुविधा नहोस् भनेर एक दुई दिन चाहिँ हामीले समय दिने सोचेका छौं । बन्दको स्थिति भएमा घर फर्किन पन