राजधानी काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा जारी भएको छ ।
काठमाडौंका ३ वटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम थियो । अब १५ दिन थपिने भएको छ ।