काठमाडौं। काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ। लकडाउन गर्ने वा के गर्ने भन्ने विषयमा छलफल गर्न तीनै जिल्लाका प्रजिअको बैठक बस्न लागेको हो। काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले कोरोना महामारीका विषयमा छलफल गर्न बैठक बस्न लागेको बताए। हिजो बसेको सीसीएमसीको बैठकले लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिन सिफारिस गरेको थियो।