काठमाडौँ- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँको चीनलाई हेर्ने दृष्टिकोणबारे टिप्पणी गरेसँगै यस विषयमा एकीकृत सन्देश प्रवाह गर्न जी–७ का शीर्ष कूटनीतिज्ञहरूले सोमबारदेखि जापानमा छलफल सुरु गरेका छन् । बेइजिङ भ्रमणपछि म्याक्रोँले युरोपले ‘आफूसँग सरोकार नराख्ने विवाद’ बाट बच्नुपर्ने अभिव्यक्ति दिएपछि उत्पन्न भएको बुझाइलाई समाधान गर्न जी ७ का विदेशमन्त्रीहरू लागिपरेका हुन् । सोमबार बिहान औपचारिक वार्ता […]