धनी देशहरूको समूह जी-७ का नेताहरूले रुससँगको युद्धमा आवश्यक परेजति र अन्तिमसम्म नै युक्रेनलाई सहयोग गर्ने बताएका छन्। रुसले सोमबार युक्रेनको राजधानी किएभसहित प्रमुख सहरका मुख्य क्षेत्रलाई निशाना बनाएर मिसाइल आक्रमण गरेपछिको अवस्थामा जी-७ का नेताहरुले सहयोग-साथको प्रतिवद्धता दोहोर्याएका हुन्। भर्च्युअल रूपमा आकश्मिक बैठक गरेका जी-७ का नेताहरुले युक्रेनलाई सैन्य तथा मानवीय सहायता निरन्तर प्रदान […]