काठमाडौं (अस) । एमभी दुगड ग्रूपले अमेरिकी जोन डियर एन्ड कम्पनीको सहायक कम्पनी जोन डियर इन्डिया प्रालिको ट्र्याक्टर जोन डियर नेपाल भिœयाएको २० वर्ष पूरा भएको छ । चन्द्रागिरि हिल्स काठमाडांैमा आयोजित एक कार्यक्रमबीच सहकार्यको २०औं वर्ष मनाएको प्रालिले जानकारी दिएको छ ।
कार्यक्रममा एमभी दुगड ग्रूपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रालिका १५० जनाभन्दा बढी कर्मचारी तथा जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाह लगायतको उपस्थिति थियो । जोनल बिजनेस म्यानेजर (इष्ट जोन) अनुज पौल, नेपालका लागि बिजनेस म्यानेजर कस्तव गयन लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको कम्पनीले बताएको छ । एमभी दुगड ग्रूपका अध्यक्ष मोतिलाल दुगडले जोन डियरसँगको २० वर्ष लामो सहकार्य ऐतिहासिक रहेको बताए । उनले जोन डियरलाई शुरूदेखि नै नेपालमा सर्वाधिक रुचाइएको ट्र्याक्टर ब्रान्ड बनाउन सफल भएको बताए ।
उपाध्यक्ष विवेक दुगडले सो ट्र्याक्टर देशैभर पैmलिएको विक्री तथा सेवा केन्द्रका कारण अधिकांशको रोजाइमा परेको बताए । जोन डियर इन्डिया प्रालिका सेल्स एन्ड मार्केटिङ निर्देशक सत्यन शाहले अटोमोबाइल्स क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल व्यापारिक घराना एमभी दुगड ग्रूपसँगको २० वर्षको सहकार्य प्रभावकारी र रोमाञ्चक भएको बताए । कार्यक्रममा एमभी दुगड ग्रूपमा लामो समयदेखि सेवारत कर्मचारीलाई सम्मान गरिएको थियो ।