काठमाण्डाै - अमेरिकामा भएको आतङ्ककारी हमलाको आज २० वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २० औँ स्मृति दिवस मनाइँदैछ ।
सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए ।
ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । अपहरणमा परेका विमान न्युयोर्क र वास...