एम.भि.दुगड् ग्रुपले जोन डीयर ट्रयाक्टर नेपाल भित्र्याएको २० वर्ष पूरा

नेपालको प्रतिष्ठित व्यापारिक घराना एम.भि.दुगड् ग्रुपले अमेरिकाको जोन डीयर एण्ड कम्पनीको सहायक कम्पनी जोन डीयर इण्डीया प्रा.लि.को ट्रयाक्टर जोन डीयर सफलता पूर्वक नेपाली बजारमा भित्र्याएको २० वर्ष पूरा भएको छ ।  चन्द्रागिरि हिल्स काठमाण्डौंमा भव्य कार्यक्रमका बीच सहयात्राको २० औं वर्ष मनाएको छ ।उक्त समारोहमा एम.भि.दुगड् ग्रुपको भगिनी संस्था विवेक अटोमोबाइल्स प्रा.लि.का १५० जनाभन्दा बढी कर्मचारीहरु तथा जोन डीयर इण्डीया प्रा.लि.का सेल्स एण्ड मार्केटिङ्ग निर्देशक सत्यन शाह, जोनल बिजनेस म्यानेजर