सर्लाही – सर्लाहीकाे हरिपुर नगरपालिकाले २० वर्ष पारि बिहाबारी भन्ने कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले २० वर्ष पूरा गरेका अविवाहित युवतीहरूलाई विश्व नारी दिवसका दिन सोमबारदेखि पाँच हजार रुपैयाँ नगद प्रोत्साहन स्वरूप दिन सुरु गरेको हो ।
पहिलो दिन २१ युवतीबाट सुरु गरिएकोमा यो कार्यक्रम नगरभित्रका दुई सय ८० युवतीलाई नगदसहित सम्मान गरिने नगरपालिकाका मेयर जमिरुदिन मन्सुरले जानकारी दिनुभयो । सानै उमेरमा हुने बालविवाह अन्त्य गर्न र नगरभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन कार्यक्रम सुरु गरिएको मेयर मन्स...