मंसिर २७, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले सोमवार १५औं वार्षिक साधारण सभा गर्दैछ ।
सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ । सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल १३ दशमलव ५ प्रतिशत लाभांशलाई समेत अन्तिम रुप दिनेछ ।
बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी रू. २१ अर्ब ६३ करोड २५ लाख ३ हजारको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो ।
उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा मंसिर १२ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि योग्य भएका छन् ।