बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्तावसहित सर्वोत्तम सिमेण्टले आव्हान गर्‍यो साधारण सभा

पुस २०, काठमाडौं । सर्वोत्तम सिमेण्ट लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्कासन गर्ने प्रस्तावसहित माघ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।   कम्पनीले पुस १८ गतेको सञ्चालक समितिको बैठकले काठमाडौंको तीनकुनेस्थित आफ्नै कार्यालयको पाँचौ तलाको सभाहलमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले आईपीओ निष्कासनको प्रस्तावसहित गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि टुङ्ग्याउनेछ । साथै सभाले धादिङ्ग जिल्ला रोरांग गाउँपालिका स्थित कान्द्रांगगढीमा रहेको चुनढुङ्गा भण्डारणको उत्खनन कार्याका लागि रू. १५ करोड  १ लाखमा नेपाल सरकार, खानी तथा भूगर्भ विभागबाट भएको निर्णय बमोजिम खानी खरीद गरिएको हुँदा सो निर्णयलाई पनि अनुमोदन गर्नेछ । सभामा उपस्थितिका लागि विहान ८ बजेदेखिनै हाजिरी पूस्तिका खुला रहने जानकारी कम्पनीले गराएको छ । यसअघि कम्पनीले गत असार १० गते विशेष साधारण सभा सम्पन्न गरी २० प्रतिशत लाभांश पारित गरेको थियो । कम्पनीले रू. ३ अर्ब ४० करोड चुक्तापूँजीको आधारमा १९ दशमलव ११८ प्रतिशत बोनस शेयर र त्यसमा लाग्ने कर वापत १ दशमलव ००६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो । सभाले संस्थापकतर्फ ८७ दशमलव १० प्रतिशत र सर्वसाधारण तर्फ १२ दशमलव ९० प्रतिशत शेयर स्वामित्व कायम हुने गरी ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले गत वर्षको माघ २ गते सम्पन्न दोस्रो वार्षिक साधारण सभाबाट पनि आईपीओ विक्रीको प्रस्ताव पारित गरेको थियो । आईपीओ विक्रीका लागि कम्पनीले चैत ४ गते विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको थियो । त्यस्तै सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले नेपालको धितोपत्रको इतिहासमै पहिलो पटक लागू भएको उक्त विधिबाट ६० लाख कित्ता आईपीओ सर्र्वसाधारणमा जारी गर्न लागेको हो । कुल कित्तामध्य संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारी सहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता आईपीओ विक्री गर्ने कम्पनीको तयारी हो । आईपीओको अंकित मूल्य रू. १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा शेयरमूल्य तय हुनेछ । कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता रू. ७५० भन्दा बढी मूल्य कायम हुनेमा विश्वास व्यक्त गरेको छ ।  व्यवसायिक उत्पादन शुरु गरेपछिनै नाफा कमाउँदै आएको र विगत तीन वर्षको औषत मुनाफा बार्षिक रू. १ अर्ब ४ करोडभन्दा बढी रहेको कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

१० मंसिरदेखि आईपीओ निष्कासन गर्दै नेपाल वेयरहाउजिङ कम्पनी

१ मंसिर, काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले १० मंसिरदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा जारी पूँजी ६८ […]

२८ भदौदेखि आईपीओ निष्कासन गर्दै मिड सोलु हाइड्रोपावर

१९ भदौ, काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले २८ भदौदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ जारी गर्ने भएको हो । […]

घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले यही जेठ ३२ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरी ४३५ रुपैयाँमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता आईपीओ बिक्री गर्न अनुमति दिएको थियो । कुल कित्तामध्ये कम्पनीले वैदेशिक रोजगारीमा रहेका […]

म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ । आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा […]

थप २ कम्पनीले आईपीओ निष्कासन गर्दै

काठमाडौँ – खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन्। आईपीओ निष्कासनकाे लहर चलिरहँदा थप यी दुई कम्पनीले बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएका हुन्। खप्तडले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १ करोड ३२ लाख रूपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति […]

अभियान लघुवित्तले आईपीओ निष्कासन गर्दै

काठमाडौँ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले यही साउन १८ गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँअंकित मूल्यका नौ करोड ७५ लाख रुपैयाँ बराबरका नौ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । लघुवित्तले निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात् […]

मन्दाकिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले यही साउन ९ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित दरको ११ करोड ७६ लाख सात हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् २३ हजार ५२१ कित्ता सेयर […]

बुद्धभूमि नेपाल हाइड्रोले आईपीओ निष्कासन गर्दै, ११ असोजदेखि आवेदन दिन सकिने

बुद्धभूमि नेपाल हाइड्रोपावरको ८ लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ११ असोजदेखि आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।

साहस ऊर्जाको ७० लाख आईपीओ निष्कासन हुँदै

साहस ऊर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ निष्कासन हुने भएको छ । कम्पनीले ६ असोजदेखि प्रतिकित्ता १०० रुपैयाँ दरका ७० लाख कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

रिलायबल लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्दै

काठमाडौं, २० साउन । रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले १ सय रुपैयाँ अंकित गरी प्रतिकित्ता २१२ रुपैयाँ तोकेर आईपीओ निष्कासन गर्ने जनाएको छ । आईपीओ निष्कासन गर्नका लागि कम्पनीले बोर्डमा साउन १२ […]