अभिनेता विल स्मिथले ओस्कर्स पुरस्कार वितरण समारोहमा आफूले प्रस्तोता क्रिश रकलाई थप्पड हान्नु गलत भएको भन्दै माफी मागेका छन् । उनले एक विज्ञप्ति जारी गर्दै भने, “क्रिश, म तिमीसँग सार्वजनिक रूपमा माफी माग्न चाहन्छु । मैले सीमा नाघेर व्यवहार गरेँ र म गलत थिएँ ।”ओस्कर्स फिल्म एकेडेमीले स्मिथको व्यवहारको भत्र्सना र घटनाबारे औपचारिक समीक्षाको घोषणा गरेपछि उनले माफी मागेका हुन् । हास्य कलाकार क्रिशले आफ्नी श्रीमती जाडा पिङ्केट स्मिथको मुडुलो टाउकोमाथि ठट्टा गरेपछि चर्चित अभिनेता