बेलायतमा  प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित

बेलायतमा  प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित भएको छ । कन्जरभेटिभ पार्टीको नेता बन्ने दौडमा रहेका ऋषि सुनक र लिज ट्रसबीचको प्रत्यक्ष टेलिभिजन बहसमा प्रस्तोता बेहोस भएपछि कार्यक्रम स्थगित भएको हो । ‘द सन’ र ‘टक टिभी’ ले आयोजना गरेको बहसका क्रममा प्रस्तोता केट मेक्यान बेहोस भएको बिबिसीले जनाएको छ । दुई प्रतिस्पर्धीबीचको बहस स्थगित भएपछि टेलिभिजनले दर्शकसँग माफी मागेको छ ।  टेलभिजनले प्रस्तोता  मेक्यान अहिले ठिक भए पनि डाक्टरको सल्लाहअनुसार केही समय आराम गर्नुप...