जबर्जस्ती करणीसम्बन्धी मुद्दामा १२ वर्ष कैद र रु छ हजार पाँच सय १८ नगदसहित सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । चौकुने गाउँपालिका–१० सुर्खेत घाटगाउँका ४१ वर्षीय फरार प्रतिवादी जयबहादुर कामीलाई सादा पोशाकमा गएको प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा कर्णाली प्रदेश प्रहरी कार्यालयको अनुसन्धान ब्यूरोको संयुक्त टोलीले विशेष …