दोलखाबाट बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । दोलखा नगरपालिका ३ चरिकोटबाट सोही ठाउँका स्थानीय ७० वर्षीय जनक बहादुर कार्की पक्राउ परेका प्रहरीले जनाएको छ । उच्च अदालत पाटनको २०७६ पुस २७ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र ७ दिन कैद सजाय ठहर भई फरार रहेका कार्कीलाई ई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । कार्कीले २०७५ चैत १९ गते प्रभु बैंकमा रहेको आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने जानाजान जाहेरवालालाई झुक्याई द