अर्घाखाँची,२४ मङ्सिर। बहुविवाह मुद्दाका फरार प्रतिवादी सन्धिखर्क नगरपालिका-१० बस्ने ३३ वर्षीय बसन्त नेपालीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत अर्घाखाँचीको २०७१ माघ १३ गतेको फैसलाले बहुविवाह मुद्दामा ११ महिना ८ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले गुल्मी रेसुङगा नगरपालिका-९ उपल्लो तम्घासमा लुकिछिपी बसेको अवस्थामा फेला […]