केही सार्वजनिक अपराध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ । कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अपराध मुद्दाका फरार पनौती नगरपालिका–३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतले २०७३ असार ६ गते क