बिओके क्यापिटल मार्केटको सातौं साधारण सभा

बिओके क्यापिटल मार्केटको सातौं साधारणसभा सम्पन्न भएको छ।

सम्बन्धित सामग्री

ग्लोबल आइएमई क्यापिटल र बिओके क्यापिटल मर्जरमा जाने, असार ३ गते विशेष साधारण सभा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले र बिओके क्यापिटल लिमिटेड मर्जरमा जाने भएका छन् । मर्जर प्रस्ताव पारितका लागि दुवै कम्पनीले असार ३ गते विशेष साधारण सभा बोलाएका छन् ।  ग्लोबल आइएमई क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे र बिओके क्यापिटलले कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा बिहान ९ बजे सभा बोलाएका हुन् । बिओके क्यापिटलको १ कित्ता शेयर बराबर ग्लोबल आइएमई क्यापिटलको शून्य दशमलव ५३ कित्ता शेयर आदानप्रदान गर्दै यी दुई कम्पनी एक हुन लागेका हुन् । दुवै कम्पनीले सभामार्फत मर्जरका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निणर्यसमेत गर्नेछन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू एक भएसँगै दुवै बैंकका सहायक कम्पनीसमेत एक हुन लागेका हुन् ।

आरएसडिसी लघुवित्तका शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत नगद लाभांश कम्पनीले सम्बन्धित शेयरधनीले उल्लेख गरेको हितग्राही खातामा उपलब्ध गराएको बैंक खातामा जम्मा गरिदिएको हो । कम्पनीले साधारण सभा प्रयोजनको लागि शेयर दाखिला खारेज बन्द हुने मितिसम्म कायम रहेका शेयरधनीहरूको हितग्राही खातामा बैंक खाताको विवरण अध्यावधिक भएको हकमा नगद लाभांशबापतको रकम सम्बन्धित बैंक खातामा नै जम्मा भइसकेको कम्पनीले जानकारी दिएको छ । हालसम्म पनि भौतिक रूपमा नै शेयर प्रमाणपत्र राखेका वा हितग्राही खाता खोलेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले यथाशीघ्र शेयर अभौतिकीकरण गरी  हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएपछि मात्रै नगद लाभांश बैंक खातामा प्राप्त हुनेछ । कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न, अध्यक्षमा ठाकुर प्रसाद भट्टराई चयन

पुस ३०, काठमाडौं । समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । कम्पनीले होटल अर्किड रिसोर्ट, मकवानपुर हेटौडामा सभा सम्पन्न गरेको हो ।  कम्पनीले सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ६ जना सञ्चालकहरु निर्वाचित समेत गरेको छ । सभाले संस्थापक समूहतर्फबाट ठाकुर प्रसाद भट्टराई, दिपक अधिकारी, गुप्त बहादुर राना र सुजन अधिकारीसँगै सर्वसाधारण समूहबाट बिनोद कुमार सुवेदी र शिवलाल पुरीलाई सञ्चालकमा निर्वाचित गरेको हो ।  निर्वाचित सञ्चालकहरुको शुक्रवार नै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा ठाकुर प्रसाद भट्टराईलाई चयन गरेको छ । यसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भने कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गरेको छ ।  बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन । यस कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हाल रू. ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।  कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।  कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो ।

बुटवल पावर कम्पनी र समृद्धि फाइनान्सकोे शेयरमूल्य समायोजन

पुस ११, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आइतवार बुटवल पावर कम्पनी लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडकोे मूल्य समायोजन गरेको छ । नेप्सेले बुटवल पावर कम्पनीको बोनस शेयर तथा समृद्धि फाइनान्सको हकप्रद शेयरको मूल्य समायोजन गरेको हो ।  बुटवल पावर कम्पनीले लाभांश तथा समृद्धि फाइनान्सले हकप्रद शेयर प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।  नेप्सेले बुटवल पावर कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४३८ दशमलव ७३ तोकेको छ । कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. ४९२ को आधारमा शेयरमूल्य समायोजन भएको हो । बुटवल पावर कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र करसमेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २६ गते २९औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको रजिष्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा विहान ११ बजे सभा गर्ने कम्पनीले निर्णय गरेको हो ।  सभा प्रयोजनका लागि आइतवार अर्थात् पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ ।   त्यस्तै, नेप्सेले समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयरको समायोजनपश्चात मूल्य रू. ३६१ दशमलव ३३ तोकेको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो । बिहीवार कम्पनीको शेयर प्रतिकित्ता रू. ४९२ मा अन्तिम कारोबार भएको थियो ।  कम्पनीले २:१ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न मंसिर २९ गते नेपा धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।  कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

बैंक अफ काठमाण्डूले बोलायो साधारण सभा, १४ % लाभांश पारित हुँदै

मंसिर ३, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले २७औं वार्षिक साधारण सभा मंसिर २९ गते गर्ने भएको छ ।  कम्पनीले सभा बिहान १० बजे  नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुुने जानकारी दिएको छ ।सभाले १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनीको सहायक कम्पनी बिओके क्यापिटल मार्केट लिमिटेडको आव २०७७/ ७८ को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर १० गते देखि २९ गतेसम्म बन्द रहने पनि कम्पनीले बताएको छ । यस आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीले  साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

बिओके क्यापिटलको साधारण सभा असोज २० गते, १८% लाभांश प्रस्ताव

भदौ २९, काठमाडौं । बिओके क्यापिटल मार्केट लिमिटेडले असोज २० गते छैठौ वार्षिक साधारण सभा बोलाएको छ ।  क्यापिटलको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले क्यापिटलको कार्यालय, नक्साल, काठमाडौंमा दिउँसो ३ बजे सभा गर्ने निर्णय गरेको हो ।  सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै १८ प्रतिशत नगद लाभांश प्रस्ताव समेत पारित गर्नेछ । क्यापिटलले आफ्नो चुक्तापूँजी रू. २१ करोडको आधारमा कर समेत रू. ३ करोड ७८ लाख बराबरको नगद लाभांश वितरण गर्न लागेको हो ।  यसका साथै चालू आर्थिक वर्ष ०७८/७९ को लागि लेखापरीक्षक नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारण र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तनको विषयलाई पनि अनुमोदन गर्ने कार्यक्रम सभाका लागि तय भएको छ ।