समृद्धि फाइनान्सको साधारण सभा सम्पन्न, अध्यक्षमा ठाकुर प्रसाद भट्टराई चयन

पुस ३०, काठमाडौं । समृद्धि फाइनान्सको २०औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । कम्पनीले होटल अर्किड रिसोर्ट, मकवानपुर हेटौडामा सभा सम्पन्न गरेको हो ।  कम्पनीले सभामार्फत गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै ६ जना सञ्चालकहरु निर्वाचित समेत गरेको छ । सभाले संस्थापक समूहतर्फबाट ठाकुर प्रसाद भट्टराई, दिपक अधिकारी, गुप्त बहादुर राना र सुजन अधिकारीसँगै सर्वसाधारण समूहबाट बिनोद कुमार सुवेदी र शिवलाल पुरीलाई सञ्चालकमा निर्वाचित गरेको हो ।  निर्वाचित सञ्चालकहरुको शुक्रवार नै बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्षमा ठाकुर प्रसाद भट्टराईलाई चयन गरेको छ । यसका साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । उक्त हकप्रद शेयर निष्कासन प्रयोजनका लागि भने कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज गरेको छ ।  बुक क्लोजको आधारमा पुस ९ र १० गते शेयर कारोबार नहुने भएकाले पुस ८ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । हकप्रद निष्कासनको मिति भने कम्पनीले हालसम्म तय गरेको छैन । यस कम्पनीले साउन १५ गते २ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएकोमा मंसिर २९ गते अनुमति पाएको हो । हाल रू. ५४ करोड ५९ लाख ४१ हजार चुक्तापूँजी कम्पनीले रू. १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ ।  कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्तापूँजी रू. ८१ करोड ८९ लाख ११ हजार ५०० पुग्नेछ । यसअघि पनि कम्पनीले २०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले २०७७ साल असोज १६ गतेदेखि कात्तिक ६ गतेसम्म सो अवधिसम्म कायम चुक्तापूँजी रू. १८ करोड १९ लाख ८० हजार ३०० को आधारमा २०० प्रतिशत हकप्रद शेयर विक्री गरेको हो ।  कम्पनीले यस अघि २०० प्रतिशत हकप्रद शेयर जारी गर्दा आर्थिक वर्ष ०७८/७९ भित्र चुक्तापूँजी रू. ८० करोड कायम गर्ने प्रक्षेपण गरेको थियो । सो प्रक्षेपण अनुसार कम्पनीले हकप्रद शेयर निष्कासन गरी पूँजी वृद्धि गर्न लागेको हो । 

सम्बन्धित सामग्री

नेपाल जाइका एसोसियसनको साधारण सभा सम्पन्न

नेपाल जाइका एसोसियसन (जान) को ४९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभा यहि फागुन २७ गते एक विशेष कार्यक्रमका बिच सम्पन्न भएको हो।...

पत्रकार महासंघ लुम्बिनीको साधारण सभा पुसमा

नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको साधारण सभा पुस २ गते कपिलवस्तुमा हुने भएको छ । महासंघको भालुवाङमा बसेको बैठकले केन्द्रीय परिपत्र अनुसार साधारण सभा पुस २ गर्ने निर्णय गरेको हो ।बैठकले साधारण सभा सम्पन्न गर्न वसन्त गिरीको अध्यक्षतामा मूल तयारी समिति गठन गर्नुका साथै महासचिव विक्रम खड्काको संयोजकत्वमा प्रचार प्रसार तथा सचिवालय समिति गठन गरेको छ । कोषाध्यक्ष यमनाथ घिमिरेको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति गठन गरेको बैठकले प्रदेश मातहतका साधारण सभा नगरेका शाखाहरूलाई अधिवेशन सम्पन्

एन्फाको विशेष साधारण सभा सुरु

काठमाडौं, १५ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा सुरु भएको छ । यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो । यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाउँदै स्थगित गरिएको थियो । साधारण सभामा निर्वाचनमा केन्द्रित लगायत अन्य बिभिन्न एजेण्डाहरुमा […]

एन्फाको विशेष साधारण सभा दोस्रो पटक स्थगित

काठमाण्डाै - अखिल नेपाल फुटबल सङ्घ एन्फाको विशेष साधारण सभा स्थगित भएको छ । एन्फाको साधारण सभा दोस्रो पटक स्थगित भएको हो । प्राविधिक कारणवश भोलिका लागि तय भएको साधारण सभा स्थगित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरले निकालेको विज्ञप्तिमा उल्लेख छ । यसअघि गएको माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा पनि स्थगित भएको थियो । स्थगित विशेष साधारण सभाको अर्को मिति पछि सूचित गरिने विज्ञप्तिमा उल्लेख छ ।

एन्फाको विशेष साधारण सभा फेरि स्थागित

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) विशेष साधारण सभा दोस्रो पटक पनि स्थगित भएको छ । शनिबार विहान ११ः३० बजेका लागि भर्चुअल माध्यमबाट गर्ने भनिएको विशेष साधारण सभा प्राविधिक कारणवश स्थागित गरिएको एन्फा महासचिव इन्द्रमान तुलाधरद्वारा शुक्रबार जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । यसअघि माघ २९ गतेका लागि तय भएको विशेष साधारण सभा […]

एन्फाको साधारण सभा स्थगित

अखिल नेपाल फुटबल संघ(एन्फा) को साधारण सभा स्थगित भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले एक विज्ञप्ति जारी गर्दै माघ २९ गते बिहान ९ बजे भर्चुअल रूपमा हुने भनिएको संघको साधारण सभा प्राविधिक कारणले स्थगित गरिएको जानकारी दिएका छन् । रोकिएको साधारण सभा फागुन ८ गते बिहान साढे ११ बजे भर्चुअल रूपमा गर्ने एन्फाले जनाएको छ ।

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

मध्य पुसमा क्यानको साधारण सभा

नेपाल क्रिकेट संघ (क्यान)ले पुस १४ र १५ गते साधारण सभा गर्ने निर्णय गरेको छ।

नाडाको ४५ औं वार्षिक साधारण सभा मंसिरमा

नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो ।नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । नाडाको साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने छ ।नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशन सम

जनरल इन्स्योरेन्सले फेरि बोलायो साधारण सभा

काठमाडौं। जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले यही असार २१ गतेका लागि तेस्रो साधारण सभा बोलाएको हो। यसअघि कोभिड–१९ का कारण वैशाख २४ गतेलाई बोलाइएको बैठक स्थगित भएको थियो। केन्द्रीय कार्यालयमा असार २१ गते बिहान ११ बजेबाट साधारण सभा सुरु हुने कम्पनीले बताएको छ।